Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaकोभिडका कारण ‘अष्ट्रेलियाका डे’को नेपाली कार्यक्रम अनलाईनबाट हुदै

कोभिडका कारण ‘अष्ट्रेलियाका डे’को नेपाली कार्यक्रम अनलाईनबाट हुदै


ब्रिजवेन/ जनवरी २६ भोली ब्रिजवेनको सार्वजनिक पार्कमा आयोजना हुन लागेको नेपाली समुदायको अष्ट्रेलिया डेको कार्यक्रम अनलाईन हुने भएको छ । बढ्दो कोरोना संक्रमणको जोखिमलाई ख्याल गर्दै आयोजकले कार्यक्रम अनलाईन गर्ने निर्णय गरेको एक विज्ञप्ती जारी गर्दै जानकारी गराएको छ ।
विज्ञप्तीमा भनिएको छ -‘कोभिडको बढ्दो संक्रमण र जोखिम जनवरीको चौथो साता झनै बढ्न सक्ने समाचारलाई मध्यनजर गर्दै कार्यक्रमलाई जुम तथा फेसबुकमार्फत गर्न लागिएको हो ।’ ‘अनलाईनबाट कार्यक्रम गर्न लागिएपनि यसले हुर्कदै गरेको नेपाली समाजलाई बृहद अष्ट्रेलियाली समुदायसंग घुलमिल हुन सहयोग गर्ने विश्वास लिएको छौं’- विज्ञप्तीमा भनिएको छ ।

अनलाईन कार्यक्रममा नेपाली कला, संस्कृति झल्कने गित संगित र नाचगान प्रस्तुत गरिनेछ ।  आयोजकले सबैलाई जुम मार्फत सहभागी हुन आग्रह समेत गरेको छ ।
नेशनल अष्ट्रेलिया डे काउन्सिलको अनुदानमा नेपलिज आर्ट, कल्चर एण्ड लिटरेचर एकेडेमी अफ अष्ट्रेलिया ले कार्यक्रम गर्न लागेको हो । कार्यक्रममा कुइन्सल्याण्डका समाजकि संघसंस्थाहरु गैर आवासिय नेपाली संघ कुन्सल्याण्ड, नेपलिज एशोसियसन अफ कुइन्सल्याण्ड एनएक्यु, कुइन्सल्याण्ड नेपलिज कल्चरल सेन्टर क्युएनसिसि, नेपलिज अष्ट्रेलियन टेनिस क्लब, शेर्पा किदुंग लगायतको सहभागीता छ । त्यस्तै कार्यक्रम आयोजना गर्न संघसंस्थाका प्रतिनिधी, संचारकर्मी तथा सहयोगीहरुको एक मुल आयोजक समिति समेत बनाइएको छ ।

‘अष्ट्रेलिया डे’मा ब्रिजवेनमा नेपालीको भव्य कार्यक्रम, सरकारले दियो अनुदान « Nepal Tube Australia



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6