Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaविदेशमा बस्ने नेपालीले पनि क्रिप्टोकरेन्सी कारोबार गर्न नपाउने । नेपाल फर्कदा समातिने डर

विदेशमा बस्ने नेपालीले पनि क्रिप्टोकरेन्सी कारोबार गर्न नपाउने । नेपाल फर्कदा समातिने डर


ब्रिजवेन/नेपालमा अनलाईन मुद्रा क्रिप्टोकरेन्सीको कारोबार अवैध छ । नेपालभित्र यसको कारोवार गरेमा प्रहरी पक्राउ गरि मुद्रा जफत र कारवार्ही गर्दै आएको छ । तर, अबदेखि विदेशमा बस्ने नेपालीले समेत क्रिप्टोकरेन्सीको कारोवार गर्न नपाउने भएको छ । केही दिन अघि नेपाल राष्ट्र बैंकले एक सुचना जारी गरि विदेशमा बस्ने नेपालीले समेत क्रिप्टोकरेन्सीको कारोवार गर्न नपाइेन जनाएको हो ।

‘क्रिप्टोकरेन्सी ले कानुनी मान्यता नभएको सन्दर्भमा त्यस्ता गैर कानुनी वित्तिय औजारमा आवद्ध भई कारोवार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पुँजी पलायन हुने भएकाले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकहरुले समेत त्यस्तो कार्य गरे गराइएको पाइएमा प्रचलित कानुनबमोजिम कारवाही हुने व्यहोरा सर्वसाधारण सबैको जानकारीका लागि यो सुचना प्रकाशन गरिएको छ’- विज्ञप्तीमा भनिएको छ ।


यसको मतलब अब विदेशमा बस्ने नेपालीले समेत क्रिप्टोकरेन्सीको किनबेच गर्न पाउने छैनन् । नेपालट्युबसंग कुरा गर्दै राष्ट्र बैंकका प्रवक्ता डाक्टर गुणाकर भट्टले विदेशमा बसेका नेपालीले कारोबार गरेमा कानुन बमोजिम कारवाही हुने बताउनुभयो । यदि त्यस्तो कारोवार गरेको देखिएमा विदेशबाट नेपाल फर्केको बेलामा प्रहरीले पक्राउ गरि कारवाही गर्न सक्ने भट्टको भनाई छ ।
त्यस्तै नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सिआइबीका प्रमुख डिआइजी धिरज प्रताप सिंहले विदेशमा बस्ने नेपालीले क्रिप्टो करेन्सीको कारोबार गरेको शंका लागेमा नेपाल आउदा नियन्त्रणमा लिएर कारवाही गर्न सकिने बताउनुभयो । ‘विदेशमा बस्दा उत्तैको नियम लागु हुन्छ’- डिआइजी सिंहले भन्नुभयो- ‘नेपाल आएपछि यत्तैको कानुन आकर्षित हुन्छ ।’  विदेशमा बस्ने नेपाली नेपाल आउदा क्रिप्टो करेन्सी सम्बन्धी कुनै पनि कारोवार नगर्न र नगराउन समेत सिंहले सबैमा आग्रह गर्नुभयो ।


ट्याग : #bit coin, #Crypto, #nepal, #Nepal rastra bank, #news
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6