Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaएनआरएनए अष्ट्रेलियाको प्रवक्तामा उमेश खड्का, तोकियो २५ जनाको सल्लाहकार टिम

एनआरएनए अष्ट्रेलियाको प्रवक्तामा उमेश खड्का, तोकियो २५ जनाको सल्लाहकार टिम

४ जना मात्रै महिला


सिड्नी, गैर आवासिय नेपाली संघ अष्ट्रेलियाले ४ महिनापछि थप दुइ बोर्ड अफ डाइरेक्टर, ३ राष्ट्रिय समन्वय समिति एनसिसि सदस्य र २५ जना सल्लाहकार सदस्य चयन गरेको छ । जनवरी महिनाको मासिक बैठकले प्रवक्तामा कुइन्सल्याण्डका निवर्तमान संयोजक उमेश खड्कालाई चयन गरेको एनआरएनए अष्ट्रेलियाका महासचिव राजु अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार पब्लिक अफिसरमा मेलवर्नका सुमन अधिकारी, एनसिसि सदस्यहरुमा प्रकाश खरेल, कुशल केसी र रोशन घले नियुक्त हुनु भएको हो ।
विधान अनुसार प्रवक्ता र पब्लिक अफिसर एनआरएनए अष्ट्रेलियाको बोर्ड अफ डिरेक्टर हुने व्यवस्था छ । यो नियुक्तीसंगै बोर्ड अफ डिरेक्टरको संख्या १७ पुगेको छ ।
नेपालट्युबसंग कुरा गर्दै नवनियुक्त प्रवक्ता खड्काले एनआरएनएको छवीलाई उचो बनाउन सहि सुचना समयमै बाहिर ल्याउनमा आफ्नो जोड रहने बताउनुभयो । एनआरएनए हाम्रो हो र हामी सबै यसको सदस्य बन्नुपर्छ भन्ने भावना जगाउदै मिडिया र सदस्यहरुसंग राम्रो सम्बन्ध विस्तार गर्न आफु कटिवद्ध भएर लाग्ने खड्काको भनाई छ ।
त्यस्तै बैठकले ४ जना महिलासहित २५ जनाको जम्बो सल्लाहकार टिम समेत चयन गरेको छ । तास्मानियाबाट पुनम पन्त, साउथ अष्ट्रेलियाबाट सिता केसी, न्यु साउथ वेल्सबाट बन्दिता मैनाली र बविता श्रेष्ठ महिला तर्फबाट सल्लाहकार टिममा पर्नुभएको हो । नेपालट्युवसंग कुरा गर्दै नवनियुक्त सल्लाहकार पन्तले आफ्नो ज्ञान, क्षमता र दक्षताले भ्याएसम्म एनआरएनएको अभियानलाई टेवा पुग्ने खालको सल्लाह र सुझाव दिन पछि नपर्ने बताउनुभयो । टिममा नहुदा पनि आफुले आवश्यक सल्लाह दिदै आएको बताउदै पन्तले अब झनै सशक्त भएर सहयोग गर्ने बताउनुभयो ।
एनआरएनए अष्ट्रेलियाको विधानले २५ जना भन्दा बढी नहुने गरि सल्लाहकार सदस्यहरु तोक्ने व्यवस्था गरेको छ ।समाजमा लामो समयदेखि सकारात्मक योगदान गरेका मध्येबाट सल्लाहकार सदस्य छनोट गरिने व्यवस्था विधानले गरेको छ । यत्ति ठुलो सल्लाहकार टिमबाट के आशा गर्नु भएको छ त ? भन्ने प्रश्नमा महासचिव अधिकारी भन्नुहुन्छ -‘संस्थालाई आवश्यक परेका बेलामा सहि बाटोमा लैजान उहाँबाट योगदान हुनेछ भन्ने आशा राखेका छौं ।’

२५ जना सल्लाहकारको नामावली यस्तो छ
डा. ज्ञानेन्द्र रेग्मी  NSW

रमेश थापा NSW

भरत अधिकारी NSW

लेख गुरुङ NSW

मेघराज पौडेल NSW

शम्सेरसिंह थापा NSW

प्रकाश हुमागाई NSW

बन्दिता मैनाली NSW

सुरेन्द्र सापकोटा NSW

बालगोपाल उपाध्याय NSW

प्रेमकाजी गुरुङ NSW

भूपाल सिटौला NSW

बबिता श्रेष्ठ NSW

पुनम पन्त  TAS

बावुराम भट्टराई  NT

हेम दुलाल VIC

सुदीप मास्के VIC

सिता केसी थापा SA

प्रेम पाठक SA

स्मार्ट उप्रेती QLD

इन्द्र न्यौपाने QLD

चुडामणी सापकोटा ACT

प्रेमजंग थापा ACT

दीपक पराजुली WA

निल थपलिया WA


ट्याग : #Australia, #nepali, #NRNA
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6