उत्तरी कुईन्सल्याण्डमा भूकम्पको धक्का, सुनामीको डर छैन
ब्रिजवेन/ कुईन्सल्याण्ड राज्यको उत्तर भेगमा पर्ने केन्समा आज साँझ भूकम्प गएको छ । जियो साईन्स अष्ट्रेलियाका अनुसार ३.९ रेक्टरस्केलको भूकम्प गएको हो ।
केन्स भन्दा ५० किलोमिटर उत्तर पुर्वमा समुन्द्रको १० किलोमिटर भित्र केन्द्र बिन्दु पारेर भूकम्प गएको बुझिएको छ । भुकम्पको धक्काआसपासका क्षेत्रमा महशुस भएको थियो ।
हालसम्म ठुलो क्षतिको भएको रिपोर्ट प्राप्त भएको छैन । जियो साईन्स अष्ट्रेलियाले सुनामीको जोखिम नभएको जनाएको छ ।















तपाईको प्रतिक्रिया