अर्को हप्ताबाट न्यु साउथ वेल्समा मास्क लगाउनुपर्ने नियम झनै खुकुलो
सिड्नी, अर्को साताबाट न्यु साउथ वेल्स राज्यमा मास्क लगाउनुपर्ने नियमलाई थप खुकुलो गरिने भएको छ । फेब्रुअरी २५ तारिखदेखि बन्द संरचनामा मास्क नलगाएपनि हुने भएको हो ।
तर, सार्वजनिक सवारी, अस्पताल र एजकेयरमा भने मास्क लगाउनुपर्नेछ । बन्द संरचनामा सामाजिक दुरी कायम गर्न नसकिएको समयमा भने मास्क लगाउन सुचित गरिएको छ । त्यस्तै क्युआर कोड स्क्यान अधिकांश स्थानमा हट्ने भएको छ । नाइट क्लब र म्युजिक फेष्टिभलमा मात्रै क्युआर कोड स्क्यान गर्नुपर्नेछ ।















तपाईको प्रतिक्रिया