Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsहेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनेप्रति एनआरएनए अष्ट्रेलियाकाे शाेक वक्तव्य

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनेप्रति एनआरएनए अष्ट्रेलियाकाे शाेक वक्तव्य


सिड्नी

बुधबार ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति एनआरएनए अष्ट्रेलियाले श्रद्धान्जली व्यक्त गरेकाे छ । 

संघका प्रवक्ता डिला खरेलद्वारा जारी शाेक वक्तव्यमा भनिएकाे छ – ‘पर्यटनमन्त्री रबिन्द्र अधिकारीसहित सात जनाकाे निधन भएकाे अत्यन्त दुखद दुर्घटना र अकल्पनिय घटनाप्रति एनआरएनए अष्ट्रेलिया दुख व्यक्त गर्दछ’ । 

ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभीरमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको  हाे ।

तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि मन्त्री अधिकारीसहितको टोली पाथीभरा दर्शनमा लागि गएको थियो । त्यहाँबाट काठमाडौं फर्कने क्रममा दुर्घटनामा परेका हुन् ।

हेलिकोप्टरमा सवार पर्यटनमन्त्री अधिकारीसँगै पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको मृत्यु भएको हो ।

 

एनआरएनए अष्ट्रेलियाकाे शाेक वक्तव्य



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6