Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaरुसले खसालेको फ्लाइट एमएच १७ प्रकरणमा अष्ट्रेलिया र नेदरल्यान्ड्सको कानुनी लडाई !

रुसले खसालेको फ्लाइट एमएच १७ प्रकरणमा अष्ट्रेलिया र नेदरल्यान्ड्सको कानुनी लडाई !


ब्रिजबेन। अष्ट्रेलिया र नेदरल्यान्ड्सले मलेसिया एयरलाइन्सको विमान एमएच १७ (MH17) खसालेको बिषयलाई लिएर रुसविरुद्ध कानुनी कारबाही अघि बढाएका छन् । सत्य र न्यायको लडाइमा “प्रमुख पाइला” भन्दै अष्ट्रेलिया र नेदरल्याण्ड्सको रुसविरुद्धको कदमलाई दुवै देशको लडाईमा एक प्रमुख कदम भनेका छन् ।

२०१४ मा नेदरल्याण्ड्सबाट क्वालालम्पुरका लागि उडेको मलेसियन एयरलाइन्सको विमान युक्रेनको पूर्वी भागमा खसालिएको थियो । २९८ जनाको मृत्यु भएको उक्त बिमानमा ३८ जना अष्ट्रेलिया घर भएकाहरु रहेको बताइने गरेको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले युक्रेनमा अव्यावहारिक र अनुचित आक्रमणले रुसलाई जवाफदेही राख्न पहलकदमी थाल्नुपर्ने आवश्यकतालाई जोड दिनुभएको छ । सोमबार साँझ परराष्ट्रमन्त्री मारिस पेने र महान्यायाधिवक्ता माइकलिया क्याससँगको संयुक्त वक्तव्यमा अष्ट्रेलिया र नेदरल्यान्ड्सले संयुक्त रूपमा संयुक्त राष्ट्रको विशेष एजेन्सी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनमा रूसी संघ विरुद्ध कानूनी कारबाही सुरु गरेको घोषणा गरिएको थियो।

अक्टोबर २०२० मा रुसले विमान एमएच १७ को बारेमा अष्ट्रेलिया र नेदरल्याण्ड्ससँगको वार्ताबाट एकतर्फी रूपमा पछि हटेको थियो । बारम्बार गरिएका अनुरोधहरूको बाबजुद पनि रूसले वार्तामा फर्कन अस्वीकार गरेपछि कानुनी कदम चालिएको बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6