Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअप्रिल १२ देखी अष्ट्रेलियन नागरिकहरु न्युजिल्याण्ड घुम्न जान पाउने !

अप्रिल १२ देखी अष्ट्रेलियन नागरिकहरु न्युजिल्याण्ड घुम्न जान पाउने !


ब्रिजबेन। न्युजिल्याण्डले अष्ट्रेलियाका पर्यटकका लागि आफ्नो सिमाना खुल्ला गर्ने भएको छ । कोरोना विरूद्धको पूर्ण डोज खोप लगाएका अष्ट्रेलियाका पर्यटकका लागि न्युजिल्याण्डले सिमाना खुल्ला गर्ने निर्णय गरेको हो ।

सुरूवाती चरणमा अप्रिल १२ बाट अष्ट्रेलियाका पर्यटकहरूका लागि सिमाना खुल्ला गर्ने तयारी गरिएको छ । यसभन्दा अघि २०२२ को जुलाइ महिनाबाट मात्रै सिमाना खुल्ला गर्ने भनिएकोमा तीन महिना अघि नै प्रतिबन्ध हटाइएको हो । न्युजिल्याण्डले यसअघि नै अप्रिल १२ देखि नै अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि सिमाना खोल्ने निर्णय गरिसकेको छ ।

न्युजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा अर्डेनले अष्ट्रेलियाका पर्यटकहरू अप्रिल १२ देखि नै प्रवेश पाउने भएता पनि अरू मुलुकका नागरिकका लागि भने मे १ देखि मात्रै सिमाना खुला गरिने जानकारी दिनुभएको छ ।


ट्याग : #अष्ट्रेलिया, #न्युजिल्याण्ड, #न्युजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा अर्डेन, #पर्यटक, #सिमाना खुल्ला
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6