Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsएआइबिटीको दर्ता खारेज प्रकृया रोक्न अन्तरिम आदेश । अप्रिल ५ पछि निर्णय हुने

एआइबिटीको दर्ता खारेज प्रकृया रोक्न अन्तरिम आदेश । अप्रिल ५ पछि निर्णय हुने


सरल गुरुङ/सिड्नी

सयौ नेपाली विद्यार्थीको भविष्य अन्यौलमा पारेको अष्ट्रेलियन इन्ष्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी ( एआइबिटी) को दर्ता खारेजी प्रकृया केही समयका लागि रोकिएको छ ।
एडमिनेष्ट्रेटिभ अपिल्स ट्रिब्युनल (एएटी) ले अन्तिम सुनुवाई नभएसम्म दर्ता खारेजी प्रकृया रोक्न अन्तरिम आदेश दिएको हो । एएटीले आगामी अप्रिल ५ तारिखमा सुनुवाइको मिति तोकेको छ ।

नर्सिङ विषयको सम्बन्धन नै नलिई विद्यार्थी पढाउन थालेको भन्दै अष्ट्रेलियन स्किल क्वालिटी अथोरोटी (आस्क्वा) ले गत फेव्रवरी १९ मा एआइबिटीको दर्ता खारेज गरिदिएको थियो । आस्क्वाको निर्णय मार्च २६ तारिखबाट निर्णय लागु हुदै थियो ।
आस्क्वाको निर्णय विरुद्ध एआइविटीले माथिल्लो निकाय एएटीमा अपिल गरेको हो । अष्ट्रेलियामा कुनै पनि विभागिय कारवार्हीको विरुद्धमा २८ दिनभित्र एएटीमा अपिल गर्न पाउने नियम छ ।

सुनुवाईमा दुबै पक्षको कुरा सुनेपछि एएटीले यसअघिको निर्णयलाई नै सदर गर्न, बदर गर्न वा पहिलेको भन्दा फरक निर्णय गर्न निर्देशन दिनसक्छ ।

कलेजको दर्ता खारेजी केही समयका लागि रोकिएपनि यसबिचमा कलेजले नया विद्यार्थी भर्ना गर्न नपाउने, नया विद्यार्थीसंग शुल्क नलिने तथा कलेजको खाताबाट विद्यार्थीलाई पैसा फिर्ता दिने जस्ता आर्थिक कारोवार गर्न रोक लागेको छ ।
अन्तरिम आदेश बारे एआइबिटीले पनि प्रेस विज्ञप्तीमार्फत पुष्टी गरेको छ ।

अप्रिल ५ तारिखमा हुने सुनुवाईमा आस्क्वाको निर्णय नै बदर गर्न पहल गर्ने एआइबिटीले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
दर्ता खारेजीको निर्णयसंगै एआइविटीमा पढ्नै नेपालीलगायत सयौ विद्यार्थीको भविष्य अन्यौलमा परेको छ

यो पनि पढ्नुस्

https://nepaltube.com.au/archives/1059

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6