Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीमा ३२ वर्षिया महिलामाथी एसिड प्रहार, अभियुक्त खोज्दै प्रहरी !

सिड्नीमा ३२ वर्षिया महिलामाथी एसिड प्रहार, अभियुक्त खोज्दै प्रहरी !


ब्रिजबेन । टिकटकमा लाइभ स्ट्रिमिङ गरिरहेकी सिड्नीकी एक महिलामाथी गएराती एसिड प्रहार गरिएको छ । शुक्रबार राति ११ः २० बजे सीबीडी सडकमा टिकटक बनाउँदै उभिएकी ३२ वर्षीया महिलाको अनुहारमा तीन जना मुखौटाधारी पुरुषले एसिड प्रहार गरेका हुन् ।

कालो माज्दा एसयूभीबाट निस्केर आक्रमणकारिले महिलाको अनुहारमा एसिड हानेर भागेको बताइएको छ । पीडित महिला अत्तालिदै नजिकैको रेस्टुरेन्टमा मद्दत माग्न पुगेपछि प्रहरी बोलाइएको थियो । अनुहारको दाँया आँखातर्फ चोट लागेकी महिला अहिले रोयल नर्थ शोर अस्पतालमा उपचार गराएर डिस्चार्ज भैसक्नुभएको छ । उपचारपछि पीडित महिलाले घटनाबारे स्मरण गर्दै टिकटकमा भन्नुभयो “मलाई लाग्यो कि मैले मेरो आँखाको ज्योति गुमाए, घटना हुँदा म चिच्याइरहेको थिएँ किनभने मैले देख्न सकिनँ, मैले चश्मा लगाएको भएर ठूलो दुर्घटनाबाट बँचे, भगवानले मलाई बचाउनुभयो ।”

घटनास्थल पुग्नुभएका प्रहरी कार्यवाहक निरीक्षक सीन वेस्टले व्यक्तिगत वा सम्बन्धमा आएको दरार के कति कारणले घटना भयो भन्नेबारे अनुसन्धान भइरहेको बताउनुभयो । महिला लक्षित आक्रमणलाई इन्स्पेक्टर वेस्टले घृणित आक्रमण भएको भन्दै अभियुक्तहरुको छिट्टै पहिचान गरेर कानुनी दायरामा ल्याइने बताउनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6