Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsनेपाली कैदीबन्दीले बनाएका मुढा अष्ट्रेलियाकाे बजारमा

नेपाली कैदीबन्दीले बनाएका मुढा अष्ट्रेलियाकाे बजारमा


सिड्नी

नेपालकाे जेलमा कैदी बन्दीले बनाएकाे बाँसकाे मुढा अष्ट्रेलियामा बिक्री वितरण हुन थालेकाे छ । 

‘कथा’ नामक कम्पनीले नुवाकाेटकाे जेलमा बनाईएकाे मुढा हालै अष्ट्रेलियामा ल्याएर बेच्न थालेकाे हाे । 

छ महिना अघि परिक्षणका लागि २० वटा मुढा ल्याएर बेचेकाे कथाले बजारकाे संभावना देखेपछि ११ सय वटा मुढा अष्ट्रेलिया भित्र्याएकाे हाे ।

मुढासंग रमाउदै कथाका निर्देशक अरुण ढकाल । तस्बिर – सरल गुरुङ

नेपाली माैलिख सामान के ल्याएर बेच्न सकिन्छ भनेर खाेज्दै जादा जेलमा बनेकाे मुढा नै उत्तम भएकाे कथाका निर्देशक अरुण ढकालले बताउनुभयाे । मुढाकाे बजार बारे जानकारी दिन सिड्नीमा भएकाे पत्रकार सम्मेलनमा कथा निर्देशक ढकालले भने- ‘पैसा कमाउन भन्दा पनि देशका लागि केही गराै भनेर मुढाकाे आयात गरेका हाै’ । 

‘जेल परेका सबै व्यक्ती खराब हुदैन’ – ढकालले भने- ‘कैदी बन्दीहरुकाे जिविकाेपार्जन बढाई उनीकाे परिवारकाे समेत जिवन उकास्नका लागि मुढाकाे आयात गरेका हाै । 

सिड्नीमा भएकाे पत्रकार सम्मेलन । तस्बिर- सरल गुरुङ

निर्यातकाे तुलनामा आयात गर्ने वस्तुकाे मात्रा ज्यादै धेरै भएकाले नेपालले व्यापार घाटा बेहाेर्दै आएकाे छ । 

नेपाली हस्तकलाका यस्ता समानकाे निर्यात बढाउन सके देशकै अर्थतन्त्रमा टेवा पुग्ने ढकालकाे दावी छ । 

कार्यक्रममा कथाकै सदस्य सन्ताेष ओझाले पुर्नप्रयाेगका वस्तुबाट बनेकाले वातावरणिय हिसाबले पनि मुढालाई अष्ट्रेलियनहरुले मन पराउने दावी गरे 

सुरुमा अष्ट्रेलियामा रहेका नेपाली व्यवसायीहरुमार्फत बेच्ने तयारी रहेपनि केही समयपछि भने अष्ट्रेलियाली सुपरमार्केटहरुमा समेत बेच्ने लक्ष्य रहेकाे सन्ताेषले जानकारी दिए । 

कार्यक्रममा अन्तरराष्ट्रिय झापाली समाजका अध्यक्ष दिनेश पाेखरेलले गैर आवासिय नेपाली संघले गर्न खाेजिरहेकाे काम व्यक्तीगत रुपमा सुरु गरेकाे भन्दै कथाकाे प्रशंसा गरे । 

त्यस्तै पत्रकार महासंघ अष्ट्रेलियाका संयाेजक हेमन्त काफ्लेले नेपाली माैलिख समानकाे सर्वसुलभ हुनु खुसीकाे कुरा भन्दै सबैले सहयाेग गर्न आग्रह गरे । 

तीन साईजमा रहेका मुढाकाे मुल्य क्रमश २०, ३० र ४० डलर ताेकिएकाे छ । मुढा सिड्नीकाे नेपाली ग्राेसरी पसलहरुमा पाईन्छ । 

नेपालमा ७४ वटा जेलमा १६ हजार जति कैदी बन्दी छन् । जुन जेलकाे क्षमताभन्दा दाेब्बर हाे ।  सुधारगृहका रुपमा हेरिने जेलमा रहेका कैदीहरुले जिविकाेपार्जनका लागि मुढा जस्ता हस्तकलाका समानहरु उत्पादन गर्छन् । उनीहरुले बनाएकाे हस्तकलाका सामानले अन्तराष्ट्रिय बजार पायाे भने हाैसला मिलेर अझ छिटाे सुधारकाे बाटाेमा हिड्न सक्ने विश्वास कथाकाे छ । 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6