Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaपूर्वराजदूत लक्की शेर्पा किन फर्किइन एमालेमा ? नेपालट्युबसँग खोलिन माओवादीको पोल !

पूर्वराजदूत लक्की शेर्पा किन फर्किइन एमालेमा ? नेपालट्युबसँग खोलिन माओवादीको पोल !


काठमाडौं । पूर्वराजदूत लक्की शेर्पा पुनः नेकपा एमाले पार्टीमै फर्किनुभएको छ । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा एक कार्यक्रमकाबीच शेर्पालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउनुभएको हो ।

२०६२/०६३ मा नागरिक समाजको अगुवा हुँदै एमालेको राजनीतिमा होमिनुभएकी शेर्पा एमालेबाटै संविधान सभा सदस्य समेत बन्नुभएको थियो । सन् २०१३ मा नेकपा माओवादी केन्द्र प्रवेश गरेर करिब एक दशकसम्म सक्रिय हुनुभएकी शेर्पा माओवादी केन्द्रकै शिफारिसमा अष्ट्रेलियाका लागि नेपाली राजदूत समेत बन्नुभएको थियो । अकस्मात किन एमालेमा प्रवेश गर्नुपर्ने अवस्था आयो त ? नेपालट्युबका नेपाल सम्पादक पुण्यप्रसाद धमलासँग गरिएको संक्षिप्त कुराकानीको सम्पादित अंश :

एमालेको राजनीतिबाट उदाउनुभएको तपाई माओवादी केन्द्र हुँदै फेरि एमालेमै फर्किनु भएछ नी ?
– म २०६२/०६३ मा नागरिक समाजको अगुवा हुँदै एमालेको राजनीतिमा होमिएको व्यक्ति हुँ । सायदै सेर्पा समूदायबाट एमालेको राजनीति गर्ने पहिलो परिवार नै हामी हौँ, विगतमा राजनीतिक एजेण्ड र संविधान लेखनका कतिपय कुरामा विमत्ति हुँदा माओवादी केन्द्रमा पुगेकी म एमालेको बिकल्प नदेखेर पुरानै पार्टीमा फर्किए ।

एमालेबाटै संविधान सभा सदस्य हुनुभएको तपाई माओवादी केन्द्रमा प्रवेश गर्नुपर्ने खास कारण के थियो ?
– २०६४ को निर्वाचनपछि नेकपा एमालेबाट संविधानसभा सदस्यमा निर्वाचित भएकी म संविधान सभा विघटनपछि जनजातीलाई हेर्ने दृष्टिकोणका कारण एमाले नेतृत्व र एजेण्डामा विमत्ति राखेर माओवादी केन्द्र प्रवेश गरेकी हुँ । माओवादीले उठाएको तत्कालिन समयको जातिय मुद्धालाई प्रधान मान्दा एमाले छाड्न बाध्य भए ।

फेरि एमालेमै फर्किनुपर्ने आवश्यकताको महशुस कसरी गर्नुभयो ?
– सन् २०१३ देखी एक दशक माओवादी केन्द्रमा बिताउँदा केही अवशर पनि प्राप्त भयो । तर क्षणिक लाभ भन्दा एमालेबाटै देशको विकास र राजनीतिक स्थायित्व सम्भव हुने महशुस गरे । संस्थागत राजनीति, बलियो संगठन र एमाले अध्यक्ष केपीशर्मा ओलीको नेतृत्वदायी क्षमताले फेरि एमालेमै फर्किन प्रेरित गर्यो । एमालेले लिएको एजेण्डा र लक्ष्य नै सहि छ भन्ने अनुभुति भएर फर्किए ।

अग्रगामी दाबी गर्ने माओवादी केन्द्र भन्दा एमाले कसरी उत्कृष्ठ ?
– ठूला–ठूला एजेण्डा बोक्ने, सर्वहारा मुक्तिका गफ गर्नेहरुमा व्यक्तिवादी प्रवृत्ति, नातावाद बढी हावी भयो । अनुभव र योग्यता भन्दा आफ्नाहरुलाई अवशर दिनेहरुले देशको हित, जनताको हित गर्न सक्छन भन्ने सोच्नु नै बेकार हो ।

एक दशकपछि पुनः एमालेमै फर्किनुभएकी शेर्पा अब राजनीतिमा सक्रिया हुने बताउनुहुन्छ । स्थानीय तह निर्वाचनमा जनप्रतिनिधी बन्ने कुनै आकांक्षा नभएको दाबी गर्ने शेर्पाले भन्नुभयो– ‘पार्टीले प्रदेश र संघीय सांसदको अवशर दिएमा पछि हट्दिन ।’

माओवादी केन्द्रबाट राजदूतको अवशर
सन् २०१६ अप्रिलमा तत्कालिन देउवा सरकारबाट अष्ट्रेलियाका लागि नेपाली राजदूत सिफारिस हुनुभएकी लक्की शेर्पा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि अर्थात सन् २०१७ मा राजदूत नियुक्ति भएर करिब २ वर्ष अर्थात सन २०१९ जनवरी ७ सम्म सेवामा क्रियाशिल हुनुभएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6