Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपाली एजुकेशन कन्सल्टेन्सीसँग अष्ट्रेलियन कलेज आरजीआईटीको एक दिने अन्तरक्रिया !

नेपाली एजुकेशन कन्सल्टेन्सीसँग अष्ट्रेलियन कलेज आरजीआईटीको एक दिने अन्तरक्रिया !


काठमाडौँ । अष्ट्रेलियामा प्राविधिक तथा व्यवसायिक शिक्षा प्रदान गरिरहेको रोयल ग्रीनहील इन्स्टिच्युट अफ टेक्नोलोजी Royal Greenhill Institute of Technology (RGIT) ले नेपालमा रहेका पार्टनरहरूसँग अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको छ । काठमाडैँको मेरियट होटलमा नेपालबाट अष्ट्रेलिया जाने विद्यार्थीहरूले त्यहाँका सबै प्रावधान बुझुन् भन्ने उद्देश्यका साथ कार्यक्रम सम्पन्न गरेको संस्थाले जानकारी दिएको हो।

 

नेपालबाट विभिन्न निजी संस्थाहुँदै विद्यार्थीहरू अष्ट्रेलिया जाने भएकाले विभिन्न एजुकेशन कन्सल्टेन्सीका प्रतिनिधिहरूसँग अन्तरक्रिया गरिएको संस्थाका अध्यक्ष चन्द्र योञ्जनले जानकारि दिनुभयो । अध्यक्ष योञ्जनले भन्नुभयो, ‘नेपालका अष्ट्रेलिया पठाउने संस्थाहरूले त्यहाँको शैक्षिक प्रावधानहरूबारे पर्याप्त रूपमा नबुझेको पाइएको छ। यसले गर्दा त्यहाँ पुगेका विद्यार्थीहरूले समस्या झेल्नेदेखि भिसा नै रद्द भएको समेत देखिएको छ। सकेसम्म यस्तो अवस्था नआवोस् तथा यस्तो संख्या कम होस् भन्ने उद्देश्य सहित यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्छ ।’ कार्यक्रममा काठमाडैौंका ५० बढी एजुकेशन कन्सल्टेन्सीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। संस्थाका प्रबन्ध निर्देशक रवि योञ्जनले अष्ट्रेलियाको शैक्षिक प्रावधान तथा शर्तहरूका बारेमा जानकारि गराउन अन्तरक्रिया गरिएको बताउनुभयो ।

अन्तरक्रियात्मक कार्यक्रममा नेपाली एजुकेशन कन्सल्टेन्सीका प्रतिनिधिहरूले सोधेको प्रश्नमाथी संस्थाका अध्यक्ष तथा प्रबन्ध निर्देशक योञ्जनले जवाफ दिएका थिए । विदेशमा अध्ययनका लागि जाने विद्यार्थीलाई परामर्श दिदैं आएका कन्सल्टेन्सी आवद्ध नेपाल शैक्षिक परामर्श संघ एजुकेशन कन्सल्टेन्सी एसोसियसन अफ नेपाल (इक्यान)का अध्यक्ष प्रकाश पाण्डे, फ्रि एजुकेशन कन्सल्टेन्सिज अर्गनाइजेशन नेपाल (फेकन) का सचिव उमेश कुशवाह र एसोसियसन अफ तामाङ एजुकेशनल कन्सल्ट्यान्टस् नेपालका अध्यक्ष केडी मोक्तानलाई कार्यक्रममा सम्मान समेत गरिएको छ ।

कार्यक्रममा इक्यानका अध्यक्ष पाण्डेले नेपालबाट अष्ट्रेलिया जाने विद्यार्थीहरूलाई थप शिक्षित बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । फेकनका सचिव कुशवाहले अष्ट्रेलियाको शैक्षिक प्रावधान तथा शर्तहरूको बारेमा प्रष्ट पार्न यस्ता कार्यक्रमहरुको निरन्तरतामा जोड दिनुभयो । विद्यार्थीहरूलाई शिक्षित गराउन आफूले भरपूर प्रयास गर्ने उहाँको दाबी थियो ।

RGIT ले कसरी विस्ता गरिरहेका छन आफ्नो शिक्षा ?
सन् २००८ मा स्थापना भएको यस संस्थाले १४ औँ वसन्त पार गरिसकेको छ । गोर्खाज इन्स्टिच्युट अफ हस्पिटालिटी एण्ड म्यानेजमेन्टको रूपमा आफ्नो यात्रा सुरु गरेको आरजीआइटीले सन २०१० मा आफ्नो नाम परिवर्तन गरेको थियो । अष्ट्रेलियमा मात्र सिमित भएको यो संस्थालाई अन्य देशमा पनि विस्तार गर्ने उदेश्यका साथ नाम परिवर्तन गरिएको थियो । अष्ट्रेलियामा उच्च शिक्षाको सपना बोकेर त्यहाँ जाने नेपालीहरू लगायत चिनियाँ, कोरियन, भियतनामी र अन्य अफ्रिकी देशहरूका विद्यार्थीलाई पनि यस संस्थाले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ । अहिले यस शिक्षालयमा विभिन्न ४५ देशका एक हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् । आरजीआईटीले अष्ट्रेलियाको मेलबर्न र होबार्टमा आफ्नै सुविधा सम्पन्न भवन बनाउन सफल भएको छ ।

संस्थाले अहिले विभिन्न २६ प्रकारका विषयहरू विद्यार्थीलाई अध्यापन गराइरहेको छ । ती मध्ये साइबर सेक्युरिटी, सूचना प्रविधि, नर्सिङ, बिजनेस एण्ड म्यानेजमेन्ट, इंग्लिस, कम्युनिटी सर्भिस, चाइल्डकेयर एजुकेशन र मेन्टल हेल्थ लोकप्रीय रहेका छन् । संस्थाले अष्ट्रेलियाको बजारमा मानवशक्तिको आवश्यकता पूर्ति गर्ने उद्देश्यसहित ठूलो माग भएका विषयहरू अध्यापनमा जोड दिदैआएको छ । यस्तै अल्टिमेट इन्स्टिच्युट अफ अष्ट्रेलिया (युआईए) ले व्यवसायीक क्षेत्रका विभिन्न विषयमा अध्यापन गराउँदैआएको छ । पछिल्ला वर्षहरूमा अष्ट्रेलियामा रहेको कार्यालयलाई नेपालको शाखाले महत्वपूर्ण सहयोग गरिरहेको बताइएको छ ।


ट्याग : #Australia, #Royal Greenhill Institute of Technology (RGIT), #चन्द्र योञ्जन, #नेपाल शैक्षिक परामर्श संघ (इक्यान), #प्राविधिक तथा व्यवसायिक शिक्षा, #रवि योञ्जन
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6