Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाको भिक्टोरियामा देह व्यापार थप खुकुलो, सडकमै ग्राहक खोज्न पाईने

अष्ट्रेलियाको भिक्टोरियामा देह व्यापार थप खुकुलो, सडकमै ग्राहक खोज्न पाईने


ब्रिजबेन, काठमाडौं । अष्ट्र्रेलियाको भिक्टोरिया राज्यले देहव्यापार सम्बन्धित यसअघिका कडा प्रावधानलाई परिमार्जन गरेर सहज बनाइएको छ। परिमार्जित निमयसँगै अब भिक्टोरियामा रहेका यौनकर्मीहरूले खुल्ला रूपमै ग्राहक खोज्न पाउने भएका हुन् । तर, यसका लागि निश्चित समय र स्थानमा भने कडाइ गरिएको छ ।

 

यस्तो छ परिवर्तित नियम
मङ्गलबारदेखि नै भिक्टोरियाका सडकमा आधारित यौन कार्यले सीमित परिस्थिति र स्थानहरूमा बाहेक कानुनी मान्यता पाएको छ। बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म र सार्वजनिक बिदाका दिन, विद्यालय वरपर, हेरचाह सेवा केन्द्र र धार्मिक तथा पूजास्थल नजिकै यौन कार्य गर्नुलाई भने कानूनले अपराधको रूपमै परिभाषित गरेको छ। यी बाहेकका अवस्थामा हुने यौन कार्यलाई बैधानिकता दिइएको छ । नियममा परिवर्तन गरेपछि राज्य सरकारले यस कार्यमा संलग्न व्यक्तिहरू अपराधबारे खुलेर रिपोर्ट गर्न सक्षम हुने विश्वास लिएको छ। भिक्टोरियामा ’सेक्स वर्क डिक्रमलाइजेशन याक्ट २०२१ ’को केही प्रावधान संशोधन गर्दै योनकर्मीमाथीलाई सहज बनाइएको हो । परिवर्तित नियम अनुसा अब कुनै पनि व्यक्ति र संस्थाहरूलाई यौनकर्मी भएको आधारमा कसैलाई भेदभाव गर्न वा सेवा दिन अस्वीकार गर्न निषेध गरिएको छ। भिक्टोरियाको यौन कार्य सुधारको दोस्रो चरण २०२३ को अन्त्यमा लागू हुने बताइएको छ। यौन कार्य इजाजतपत्र प्रणाली खारेज गरेसँगै यो परिवर्तन लागु गरिनेछ।

उपभोक्ता मामिला मन्त्री मेलिसा होर्नले भन्नुभएको छ “भिक्टोरियामा यौन कार्यलाई व्यवस्थित गर्दै अपराधीकरण रोक्न यो नियम महत्वपूर्ण कोसेढुङ्गा हुनेछ।“ कार्यक्षेत्र सुरक्षा मन्त्री इन्ग्रि स्टिले सबै क्षेत्रमा कामका श्रमीकहरूले सुरक्षित महसुस गर्न पाउनुपर्ने आधारमा यस्तो व्यवस्था गर्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो ’यौन कर्ममा सक्रिय यौनकर्मीहरुलाई सुरक्षा टोलीले समेत साथ दिनेछ, यस्ता कामदारहरूलाई सुरक्षित गराउन ऐन, नियमसहितको नियमनलाई प्रभाकारि बनाइएको छ।’ लामो समयदेखि यौनकर्मीको पक्षमा वकालत गर्दै आउनुभएकी द रिजन पार्टीकी नेतृले भिक्टोरियामा गरिएको खुकुलो कानुनी व्यवस्थाको स्वागत गर्दै खुसी व्यक्त गर्नुभएको छ । भिक्टोरिया र मेलबर्नमा सडकमा आधारित यौनकर्मीहरू एकदमै सानो समूहमा रहेको भन्दै राज्यमा सडकमा आधारित यौन कार्य नबढ्ने बरु थप सुरक्षित हुने दाबी उहाँको छ ।

पछिल्लो नियम संशोधनका आधार बारे यहाँ पढ्नुहोस पछिल्लो नियम संशोधनका आधार बारे यहाँ पढ्नुहोस 

सन् १९९५ मा न्यू साउथ वेल्स र २०१९ मा नर्दन टेरिटोरीले यौन कार्यलाई अपराधमुक्त गर्दै यौनकर्मीलाई सहज बनाएका थिए । यसरी बाध्यता वा रहरको यौनकार्यमा संलग्न यौनकर्मीहरुलाई खुकुलो व्यवस्थासहित काममा अघि बढ्न सघाउने भिक्टोरिया अष्ट्रेलियाको तेश्रो राज्य बनेको छ । Pic: Vicnews.com And victoria street sex workers


ट्याग : #Sex work Decriminalised Act, #Sex workers, #street sex work, #Victoria
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6