Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaमेलबर्नमा नेपाली समूदायको आफ्नै भवन, स्थानीय सरकारले दियो सांस्कृतिक केन्द्रको मान्यता !

मेलबर्नमा नेपाली समूदायको आफ्नै भवन, स्थानीय सरकारले दियो सांस्कृतिक केन्द्रको मान्यता !


ब्रिजबेन, अष्ट्रेलिया । भिक्टोरियामा रहेका नेपालीहरुले वर्षौंदेखि देख्दै आएको नेपाली शैलीको मन्दिर, गुम्बा र नेपाली भाषा, संस्कृति, संस्कार प्रबद्र्धन गर्ने सांस्कृतिक केन्द्रको सपना साकार हुने भएको छ । केही समय अघि किनिएको करिब १५ एकड जग्गामा स्थानीय काउन्सिलबाट पूजाआजा गर्न तथा यस सम्बन्धित कार्य गर्नका लागि स्वीकृति प्राप्त भएको हो ।

काउन्सिलबाट प्राप्त स्वीकृति पत्र

गत जुन २ तारिखमा काउन्सिलले अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टरलाई यस्तो अनुमति प्रदान गरेको संस्थाका अध्यक्ष राजेश आचार्यले नेपाल ट्युबलाई जानकारी दिनुभयो । अहिले रहेको संरचनालाई मर्मत गरी तत्कालै सुरु हुनेगरी पूजाकोठा, ध्यान केन्द्र, कार पार्किङ, सबैलाई उपयुक्त शौचालय, ध्वनी नियन्त्रण साथै विवाह, व्रतबन्ध लगायतका कार्य गर्न बाहिरी उपयुक्त स्थल बनाउनका लागि आवश्यक पर्ने करिब दुई लाख डलर सहयोग संकलन गर्ने उद्देश्यले आगामी जुन २५ तारिखमा मेलबर्नको थनवरी थियटरमा गाला च्यारिटी डिनरको आयोजना गर्न लागिएको समेत अध्यक्ष आचार्यले जानकारि दिनुभएको छ । उक्त कार्यक्रमबाट सहयोग रकम संकलन हुने र थप सदस्यहरुसमेत आबद्ध हुने अपेक्षा गरिएको छ ।

अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टरको जग्गा र भवन !

हाल ११ सय भन्दा बढी नेपालीहरु बहुसांस्कृतिक केन्द्रको सदस्य बनिसकेका छन् । सदस्यता शुल्क एकलका लागि ११ सय डलर र परिवारका लागि १५ सय डलर निर्धारण गरिएको छ । यही सदस्यता शुल्क र यसअघि संकलन गरिएको सहयोग रकमबाट करिब १५ लाख अष्ट्रेलियन डलरमा उक्त जग्गा र त्यहाँ रहेको चार कोठे घर खरिद गरिएको थियो । अष्ट्रेलियामा नेपालीहरुले आफ्नै मन्दिर, धार्मिकस्थल वा बहुसांस्कृतिक केन्द्र बनाउने निकै प्रयास थालेपनि यति ठूलो जग्गामा धार्मिक कार्यसमेत गर्ने अनुमति प्राप्त भएको यो नै पहिलो रेकर्ड हो । अष्ट्रेलियाको सिड्नी, ब्रिजबेन, पर्थ लगायतका ठाउँमा पनि नेपालीहरु एकजुट भएर आफ्नो सामूदायिक केन्द्र बनाउने पहलमा जुटेका छन् ।

सिड्नीमा पनि सांस्कृतिक भवन बनाउनका लागि नेप्लीज अष्ट्रेलियन एशोसियसनले संघीय सरकारबाट एक मिलियन डलर पाएको छ । बजेट आउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । अष्ट्रेलियको तेश्रो ठूलो शहर ब्रिजबेनमा समेत नेपाली समूदाय एकजुट हुन थालेका छन । क्विन्सल्याण्ड नेप्लीज कल्चरल सेन्टरले भवन बनाउन जग्गा खोज्ने र काउन्सिलबाट अनुमतीको प्रक्रिया लिने कायलाई तिब्रता दिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6