Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसेप्टेम्बर १६ मा अष्ट्रेलियाको सिड्नीमा विश्वभर कार्यरत नेपाली स्वास्थ्यकर्मी भेला हुँदै !

सेप्टेम्बर १६ मा अष्ट्रेलियाको सिड्नीमा विश्वभर कार्यरत नेपाली स्वास्थ्यकर्मी भेला हुँदै !


ब्रिजबेन,अष्ट्रेलिया । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आयोजनामा विश्वभरका नेपाली स्वास्थ्यकर्मी र चिकित्सकहरु अष्ट्रेलियामा भेला हुने भएका छन् । एनआरएनएको विश्व स्वास्थ्य समितिको आयोजनामा आगामी सेप्टेम्बर १६ देखि १८ सम्म अष्ट्रेलियाको सिड्नीमा हुने चौथो विश्व स्वास्थ्य सम्मेलनका क्रममा विश्वभर कार्यरत नेपाली चिकित्सक सहभागी हुने भएका हुन् ।

एनआरएनएको विश्व स्वास्थ्य समितिका अध्यक्ष डा. सञ्जीव सापकोटाले विश्वका एक सयभन्दा बढी देशमा रहेका नेपाली स्वास्थ्यकर्मी एउटै छानामुनि ल्याउने सम्मेलन विश्वकै ठूलो भेला हुने बताउनुभयो । एनआरएनए–अष्ट्रेलिया, नेपाल चिकित्सक संघ, नेपाल नर्सिङ एसोसिएसन, स्टार्स स्कालर्स नेटवर्कको साझेदारीमा सम्मेलन हुन लागेको बताइएको छ । सम्मेलनको नारा ‘सबैका लागि मानसिक स्वास्थ्य तथा सुदृढ स्वास्थ्य सेवा वितरण प्रणाली’ राखिएको छ । समितिका अध्यक्ष डा.सापकोटाको अध्यक्षतामा गत आइतवार बसेको बैठकले सम्मेलन सफल पार्न एक तयारी समिति समेत गठन गरेको छ ।

को–को छन त तयारी समितिमा ?
डा सापकोटाको संयोजत्वमा गठित समितिमा डा राजु अधिकारी (अष्ट्रेलिया), नन्द गुरुङ (अष्ट्रेलिया), डा सुनिल साह (युके), डा बोधराज सुवेदी (पोल्याण्ड), डा शिवप्रसाद श्रेष्ठ (नेपाल), डा पदम सिम्खडा (युके), डा सागर पौडेल (नेपाल), चाँदनी जेशवाल (नेपाल), एलिजा केसी (जापान), डा नितेश अर्याल (कतार), डा ओम कुर्मी (युके(, डा अलिनी पोखरेल सुवेदी (पोल्याण्ड), डा लुसुन चालिसे (जापान), डा प्रभात अधिकारी (नेपाल), डा प्रकाश श्रेष्ठ (अमेरिका), डा शर्मिला गुरुङ (हङकङ), प्रसुना कँडेल (युके), डा पुष्पराज भट्टराई (दक्षिण अफ्रिका), डा अनुज कँडेल (अमेरिका), मनुजा केसी (अष्ट्रेलिया), अनिशा भण्डारी (नेपाल), डा चिरन्जीबी भट्टराई (अमेरिका), डा उत्तम गाउँले (अमेरिका), बाबुराजा महर्जन (न्यूजिल्याण्ड), श्रेया गजुरेल (अमेरिका), डा सुहेल सापकोटा (नेपाल) र रिना केसी (अष्टेलिया) रहेका छन् ।

विगतका वर्षहरूमा जस्तै अष्ट्रेलियामा हुने सम्मेलनमा विभिन्न देशमा कार्यरत नेपाली स्वास्थ्य विज्ञहरुको कार्यपत्र प्रस्तुति, स्वास्थ्य सम्बन्धी परियोजनाहरूको घोषणा, साझेदारहरूसँगको सहकार्य र स्थानीय अष्ट्रेलियाली समुदायका लागि स्वास्थ्य परीक्षण लगायतको गतिविधि हुनेछन् ।


ट्याग : #एनआरएनए–अष्ट्रेलिया, #गैरआवासीय नेपाली संघ (एनआरएनए), #नेपाल चिकित्सक संघ, #नेपाल नर्सिङ एसोसिएसन, #विश्व स्वास्थ्य समितिको, #विश्व स्वास्थ्य सम्मेलन, #स्टार्स स्कालर्स नेटवर्क
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6