Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसमिरको शव नेपाल पठाउन गोफन्ड मार्फत जुट्यो १८ हजार डलर सहयोग !

समिरको शव नेपाल पठाउन गोफन्ड मार्फत जुट्यो १८ हजार डलर सहयोग !


ब्रिजबेन,अष्ट्रेलिया । ६ महिना अघि मात्रै अध्ययनका लागि अष्ट्रेलिया आएका चितवनका समिर कोइराला आफ्नै कोठामा मृत भेटिएपछि थालिएको सहयोग संकलन अभियानमार्फत १८ हजार डलरभन्दा बढी सहयोग जुटेको छ । नेपाली विद्यार्थी कोइरालाको शवलाई नेपाल पठाउन गैरआवासीय नेपाली संघको विद्यार्थी सल्लाहकार परिषद्ले १५ हजार अष्ट्रेलियन डलर सहयोग जुटाउने लक्ष्यसहिन अभियान थालेको भएपनि एकैदिनमा १८ हजार डलरभन्दा बढी सहयोग संकलन भएको हो ।

परिवारको तर्फबाट पनि आफन्तकै नाममा अर्को सहयोग संकलन गरिएकोमा त्यसमा कति जुट्यो भयो भन्ने एकिन विवरण सार्वजनिक गरिएको छैन । मेलबर्नको कोबर्गमा बसोबास गर्दै आएका कोइराला १५ तारिखमा आफ्नै कोठामा मृत फेला परेपनि प्रहरीले घटना शंकास्पद नभएको बताइसकेको छ । शवलाई नेपाल पठाउन र नेपालमा रहेको परिवारलाई आर्थिक सहयोग गर्ने उद्देश्यले सहयोग संकलन गरिएको एनआरएनको विद्यार्थी सल्लाहकार परिषद्का सचिव सिद श्रेष्ठले जानकारी दिनुभएको छ ।

गोफन्डमा थालिएको सहयोग संकलन बन्द गरिएको र एनआरएनको तर्फबाट सोसियल वेलफेयर फन्डमार्फत २ हजार डलर शव नेपाल पठाउने काममा खर्च गरिने बताइएको छ । बाँकी रहेको सबै रकम परिवारलाई हस्तान्तरण गर्ने बताइएको छ । अस्पतालबाट शव प्राप्त भएपछि एक साताभित्र नै परिवारलाई पठाउने योजनामा एनआरएन विद्यार्थी सल्लाहकार परिषद् रहेको छ ।

शव नेपाल पठाउन सहयोग रकम संकलन गरिएको  लिंक यहाँ छ । 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6