Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा एक नेपाली विद्यार्थीको दुबै मृगौलाले काम गर्न छाड्यो, सहयोगको याचना

अष्ट्रेलियामा एक नेपाली विद्यार्थीको दुबै मृगौलाले काम गर्न छाड्यो, सहयोगको याचना


एडिलेड/अष्ट्रेलिया पढ्न आएकी एक नेपाली विद्यार्थीको दुबै मृगौला बिग्रिएपछि उपचारमा सहयोग जुटाउन थालिएको छ ।
२९ वर्षिय पद्मा लामाको ८ महिनाअघि मृगौलाले काम गर्न छाडेको हो । साउथ अष्ट्रेलियाको एडिलेडमा मास्टर्स पढ्न आएकी पद्मालाई सन् २०१९ तिरै मृगौलामा केही समस्या देखिएपछि औषधीले नियन्त्रण भइरहेको थियो । तर, मृगौला नै पत्यारोपण गर्न पर्ने भएपछि पद्मा उपचारका लागि नेपाल फर्किएकी छिन् ।  तपाई पनि पद्मा सहयोग गर्न चाहानुहुन्छ भने यो लिंकमा जानुहोस्

नेपालमा मृगौला पत्यारोपणका लागि खर्च जोह गर्न तामाङ सोसाइटि अफ अष्ट्रेलियाको साउथ अष्ट्रेलिया शाखाले गो फण्ड मि मार्फत सहयोग संकलन गरिरहेको छ । त्यस्तै एडिलेड नेपलिज स्टुडेन्ट एशोसियसन र रेड राइनो क्रिकेट क्लबले पनि संयुक्त रुपमा छुट्टै गो फण्ड मि एकाउन्टबाट सहयोग जुटाइरहेको छ । दुबै एकाउन्टबाट हालसम्म २० हजार डलर संकलन भइसकेको छ ।

चितवन भरतपुर स्थाई घरका पद्माले अहिले हप्ताको दुइ दिन डायलासिस गरिरहनुभएको छ । बाबुले मृगौला दान गर्ने तयारी भएपनि रगतको समुह नमिलेका अरु नै दाता खोजि भइरहेको छ । घरको आर्थिक अवस्था कमजोर भएको तथा हप्ताको दुइ दिन डायलासिस गर्नुपर्ने भएको आर्थिक भार समेत थपिदै गएको पद्माको भनाई छ । तर, मृगौला प्रत्यारोपण गर्न ५० देखि ६० लाख खर्च लाग्ने देखिएपछि समाजले सहयोग जुटाउन लागेको साउथ अष्ट्रेलिया संयोजक पाल्देन लामाले जानकारी दिनुभयो । आफु अझै बाचेर समाज र मानवहितका लागि काम गर्न चाहेकाले सबैले सहयोग गरेर ज्यान बचाइदिन पद्माले अपिल गर्नु भएको छ । मृगौला ठिक भएपछि फेरी अष्ट्रेलिया आएर पढाई पुरा गर्ने समेत पद्माले बताउनुभयो ।
तपाई पनि पद्मा सहयोग गर्न चाहानुहुन्छ भने यो लिंकमा जानुहोस्


ट्याग : #nepal, #padma lama
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6