Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaगायक रामकृष्णको नयाँ गीत ‘ओए कमला’ सार्वजनिक, यस्तो छ म्युजिक भिडियो !

गायक रामकृष्णको नयाँ गीत ‘ओए कमला’ सार्वजनिक, यस्तो छ म्युजिक भिडियो !


काठमाडौं । लामो समयदेखि अस्ट्रेलियामा रहेर नेपाली सांगीतिक क्षेत्रमा फरक पहिचान बनाउन सफल गायक रामकृष्ण निरौलाको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार विक्रम के सी को शब्दरचना र सुनिल रोक्काको संगीत रहेको डान्सिङ्ग शैलीको ‘ओए कमला’ बोलको गीतमा गायक निरौलासँगै काब्य आचार्यलको स्वर रहेको छ ।

लोकप्रिय नायक पुष्प खड्का र मोडेल बिना राउतको दमदार अभिनय रहेको ‘ओए कमला’ को भिडियोलाइ युवा निर्देशक प्रहिल कार्कीले निर्देशन गर्नुभएको छ । रमणीय स्थल शुभतारा स्कुल लामाटारमा छायाँकन गरिएको भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, उत्तम हुमागाईको सिनेमाटोग्राफी रहेको छ भने माधव बेलबासेको सम्पादन गर्नुभएको छ ।

गायक निरौलाको ४० वर्र्ष अघिको कथामा बनाइएको काजिको घोडा गीतलाई स्रोता दर्शकले अत्त्याधिक मन पराएका थिए। यो गीतमा पनि त्यतिकै मेहनत गरिएकोले स्रोता दर्शकले साथ पाउने विश्वास लिएको गायक निरौलाले बताउनुभएको छ ।

ओ एस आर डिजिटल मार्फत सार्वजनिक गरिएको म्युजिक भिडियो यस्तो छ :



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6