Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअमेरिकामा गर्भपतन अधिकार खारेजीले अष्ट्रेलियामा तरंग, यस्तो छ राज्य अनुसार कानुन !

अमेरिकामा गर्भपतन अधिकार खारेजीले अष्ट्रेलियामा तरंग, यस्तो छ राज्य अनुसार कानुन !


ब्रिजबेन । अमेरिकी सर्वोच्च अदालतले नागरिकहरूलाई गर्भपतन गर्न पाउने संवैधानिक अधिकार दिने कानुनलाई खारेज गरेपछि सिंगो राज्य अशान्त बन्दैआएको छ । महिलाहरूले कानुनी गर्भपतन गर्न सक्छन् कि छैनन् भनेर निर्धारण गर्ने अधिकार अब अमेरिकाका प्रत्येक राज्यमा निर्भर हुने भएसँगै यो अदालती कदमलाई लिएर अष्ट्रेलियामा समेत विभिन्न टिकाटिप्पणी हुन थालेका छन् ।

Roe v Wade ले विश्वव्यापी शिर्षकमा स्थान पाइइरहँदा अष्ट्रेलियामा समेत गर्भपतनको अधिकार बारे नयाँ बहस सुरु भएको छ । अष्ट्रेलियामा गर्भपतन गर्ने संवैधानिक अधिकार निश्चित छैन । यस विषयमा अन्य धेरै मानव अधिकारको व्यवस्था समेत गरिएको छैन । अष्ट्रेलियामा गर्भपनसम्बन्धि निश्चित नियमसहितको संवैधानिक व्यवस्था नभएका कारण यो राज्य र क्षेत्रहरूको जिम्मेवारीमा पर्दैआएको छ । यहाँ गर्भपतनले आंशिक रूपमा संघीय मेडिकेयर र फार्मास्युटिकल बेनिफिट्स योजना अन्तर्गत सहायता पाएको छ भने औषधिहरू थेरापेटिक गुड्स एडमिनिस्ट्रेनद्वारा नियम हुँदैआएको छ । अष्ट्रेलियामा गर्भपतन बारे नयाँ संबैधानिक व्यवस्थाको तयारी भैरहँदा अमेरिकाकै जस्तो त हुने हैन भन्ने चर्चा चलिरहँदा राज्यअनुसारका व्यवस्था भने आ–आफ्नै खालका छन् ।

राज्य अनुसार यस्तो छ गर्भपतन सम्बन्धि कानुन :

१, अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)
यो राज्यमा गर्भपतन बारेको निश्चित कानुनी व्यवस्था छैन । कहिलेसम्म गर्भपतन गर्न पाउने भन्ने सिमा समेत निर्धारण नगरिएको यो राज्यमा गर्भपतन चिकित्सक द्वारा प्रदान गर्नुपर्छ भन्ने प्रारम्भिक प्रावधान मात्रै राखिएको छ ।

२, नर्थन टेरिटोरी (एनटी)
यो राज्यमा २४ हप्तासम्म बिना कुनै स्पष्टीकरण गर्भपतन गर्न पाइने कानुनी प्रावधान छ। २४ हप्तापछि गर्भपतन गराउँदा भने दुई डाक्टरको स्वीकृति अनिवार्य चाहिन्छ।

३, भिक्टोरिया
भिक्टोरियामा केही सार्वजनिक अस्पतालहरू, निजी क्लिनिकहरू, सामुदायिक स्वास्थ्य केन्द्रहरू र केही सामान्य क्लिनिकहरूमा गर्भावस्थाको २४ हप्तासम्मको गर्भपतन गर्न सकिने नियम बनाइएको छ। २४ हप्तापछि गर्भपतन गराउनुपरेमा दुई डाक्टरको स्वीकृति अनिवार्य गरिएको छ ।

४, न्यु साउथ वेल्स
न्यु साउथ वेल्समा पनि २२ हप्तासम्म कानुनी रूपमा नै गर्भपतन गर्न पाइने प्रावधान छ। अत्यावश्यक अवस्थामा बाहेक दुई डाक्टरको स्वीकृति लिएर २२ हप्तापछिको गर्भपतनको सुविधा यहाँ पाइन्छ । यस्तै, डाक्टरहरूले बिरामीहरूलाई परामर्श सेवाहरू बारे जानकारी दिनुपर्ने नियम यो राज्यमा बनाइएको छ ।

५, वेस्टर्न अष्ट्रेलिया
वेस्टर्न अष्ट्रेलियामा दुई डाक्टरको स्वीकृति सहित २० हप्तासम्म गर्भपतन गर्न पाइन्छ। तर, २० हप्तापछि गर्भपतन गराउनुपरेमा ६ जना डाक्टर सम्मिलित समितिको स्वीकृति पछि मात्रै गर्भपतन गर्न पाइन्छ। यहाँ डाक्टरहरूले बिरामीहरूलाई परामर्श सेवाहरू बारे जानकारी दिनुपर्छ ।

६, क्विन्सल्याण्ड
क्विन्सल्याण्डमा २२ हप्तासम्मको गर्भावस्थासम्म गर्भपतनको कानूनी सुविधा पाइन्छ। यसपछि दुई चिकित्सकहरूले गर्भपतन उपयुक्त छ कि छैन भनेर निर्णय गरेपछि मात्रै सुविधा पाइन्छ ।

७, तास्मानिया
यो राज्यमा १६ हप्तासम्मको गर्भपतनलाई मात्रै कानुनी मान्यता दिइएको छ । यो पछि पनि गर्भपतनको सुविधा दिइएको भएपनि आवश्यक छ कि छैन भनेर एक प्रसूति÷स्त्री रोग विशेषज्ञ सहित दुई जनाले सिफारिस गर्नुपर्ने कानुनी व्यवस्था गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6