Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaकोरोना खोप नलगाएकाले पनि अब अष्ट्रेलिया आउन पाउने, ट्रान्जिटमा के गर्ने ?

कोरोना खोप नलगाएकाले पनि अब अष्ट्रेलिया आउन पाउने, ट्रान्जिटमा के गर्ने ?


ब्रिजबेन,अष्ट्रेलिया। कोरोना भाइरसविरूद्धको भ्याक्सिन नलगाएका व्यक्तिहरूले पनि अब अष्ट्रेलियामा प्रवेशको अनुमती पाउने भएका छन्। स्वास्थ्यमन्त्री मार्क बट्लरले एक विज्ञप्तीमार्फत अष्ट्रेलिया प्रवेश गर्दा कोरोना भाइरस विरूद्धको खोप लगाएको प्रमाण देखाउन नपर्ने जानकारी दिनुभएको हो ।

स्वास्थ्यमन्त्री बट्लरले परिवर्तित यो नियम जुलाइ ६ तारिखदेखि लागु हुने विज्ञप्तीमार्फत जानकारी गराउनुभएको छ।अष्ट्रेलियाका प्रमुख स्वाथ्य अधिकारीको सुझावका आधारमा बायोसेक्युरिटी याक्ट २०१५ मार्फत गरिएको अनिवार्य खोपको प्रावधान हटाइएको बताइएको छ । अष्ट्रेलिया सरकारले अनिवार्य खोपको प्रावधान हटाएपनि यात्रुहरूले एयरलाइन्स तथा अन्य राज्यहरूले लागू गरेका कोरोनासँग सम्बन्धित कुनै प्रमाणहरू मागेको अवस्थामा भने देखाउनु पर्नेछ। ट्रान्जिटका क्रममा सोही राज्यको नियम र एयरलाइन्सको नियम पालनामा भने यात्रु गम्भिर बन्नुपर्नेछ ।

उडानका क्रममा मास्क लगाउने र आन्तरिक उडानमा सरकारले तोकेका अन्य स्वास्थ्य सावधानीका शर्तहरू पालनामा भने कुनै फेरबदल गरिएको छैन ।


ट्याग : ##AIBT #Australia #Nepali Student, #Australia, #health
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6