Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाका युवायुवतीमा जुवातासको लत, कोरोना महामारीले थप बढायो !

अष्ट्रेलियाका युवायुवतीमा जुवातासको लत, कोरोना महामारीले थप बढायो !


ब्रिजबेन,अष्ट्रेलिया । कोरोना महामारीको बन्दाबन्दीका कारण अष्ट्रेलियाली युवामा ‘अनलाइन’ जुवाको लत लागेको पाइएको छ । सङ्क्रमण नियन्त्रणका निम्ति सरकारले जारी गरेको बन्दाबन्दी आदेशको पालना गर्ने सिलसिलामा युवावर्ग अनलाईन बाजी थाप्ने, जुवातास खेल्नेलगायतका गतिविधिमा लागेको नयाँ सर्वेक्षणमार्फत खुलाशा भएको हो ।

नेशनल लाइब्रेरी अफ मेडिशिनले शुक्रबार सार्वजनिक गरेको सर्वेक्षणले १९ वर्षमुनिका एक हजार किशोरकिशोरीमध्ये ३० जनामा मानसिकरूपमा इन्टरनेट गेमिङ डिसअर्डर रहेको देखाएको छ । विकासात्मक मनोवैज्ञानिक एवम् म्याक्वेरी विश्वविद्यालयका एशोशिएट प्रफेसर वेन वारबर्टनले इन्टरनेट गेमिङ डिसअर्डरका कारण उनीहरूमा विद्यालयले दिएका गृहकार्य, पारिवारिक सम्बन्ध र मानसिक स्वास्थ्यलगायत दैनिक जीवनमा गम्भीर असर देखिएको जानकारि दिनुभयो । इन्टरनेट गेमिङ डिसअर्डरबाट प्रभावितहरूमा चिडचिडापन, एक आपसमा घुलमिल र मनोरञ्जनका कुरामा रुची नराख्ने, जिद्धिपनाका साथै अरुलाई वेवास्ता गर्ने मनोविज्ञान विकास भएको पाइएको छ । गेमिङबाट उनीहरूलाई रोक्न खोज्दा आक्रमणसमेत हुनसक्ने मनोवैज्ञानिक वारबर्टनले सर्वेक्षणमा उल्लेख गर्नुभएको छ ।

सामाजिकरूपमा साथीभाइसँग घुलमिल हुनेभन्दा पनि इन्टरनेटमा उपलव्ध मनोरञ्जनात्मक गतिविधिमा मात्रैअधिक व्यस्त हुने बानीले ठूलो मानसिक समस्या समेत ब्यहोर्नुपर्ने अवस्था देखिएको छ । प्राध्यापक वारबर्टनले अमेरिकी तथ्याङ्लाई समेत सर्वेक्षणमा उद्धृृत गर्दै सन् २०२१ मा दैनिक औसत पाँचसय २० मिनेट मनोरञ्जन स्क्रिनमा बिताएका किशोरकिशोरीहरूको त्यो समय कोरोना महामारीअघि औसत दैनिक चारसय मिनेटमा सीमित रहेको जानकारि गराउनुभएको छ ।

यसरी अनलाईन बाजी थाप्ने, जुवातास खेल्नेलगायतका गतिविधिमा ब्यस्त हुने युवायुवतीमा स्थानीयसँगै बाहिरबाट अष्ट्रेलिया पुगेकाहरु समेत रहेका छन् । अनलाईन जुवा, बिंगो, क्रिप्टो, सट्टेबाजीको लतका कारण युवायुवतीको मनोविज्ञान नकारात्मक बन्दा परिवार र समाजमा समेत ठूलो असर देखापर्ने आँकलन भैरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6