Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, यी सात शहरमा भब्य सांस्कृतिक कार्यक्रम हुँदै

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, यी सात शहरमा भब्य सांस्कृतिक कार्यक्रम हुँदै


ब्रिजबेन, अष्ट्रेलिया । केविसी अष्ट्रेलियाको आयोजनामा अष्ट्रेलियाका विभिन्न सात शहरमा आयोजना हुन लागेको धमाका २०७९ अष्ट्रेलिया टूर २०७९ सुरु भएको छ । टूरमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा, गायिका रचना रिमाल, कमडियन सुवोध गौतम र दिपक आचार्य काकु सहभागी छन् ।

बिहीबार अर्थात २१ जुलाईमा पर्थ आईपुगेको यो टोलीले शुक्रबार (आज) होटल चाल्समा आफ्नो प्रस्तुति दिँएको छ । पर्थको कार्यक्रमलाई वी केयर नेपालले आयोजना गरेको छ । यस लगत्तै कमेडी र नेपाली मेलोडीको गज्जबको संयोजनसहितको यो टोलीले तास्मानियाको लन्चेष्टनमा आफ्नो प्रस्तुति दिनेछ । लन्चेष्टनको म्याक्स फ्राई हलमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ । कार्यक्रमलाई लिएर त्यहाँको नेपाली समूदायका साथै नेपालीभाषी भुटानी समूदाय पनि निकै उत्साही छन् । मुख्यत पशुपति शर्माको क्रेज नेपालीभाषीमाझ अत्यन्तै धेरै देखिन्छ । अर्कोतिर तीजको समेत रमझम सुरु हुन लागेका कारण रचना रिमाल पशुपति शर्माको जोडीको यो प्रस्तुतिलाई धेरैले प्रतिक्षा गरेका छन् । यसमा कमेडीको प्रस्तुतिले दर्शकहरुलाई मनोरञ्जन थप्ने अपेक्षा छ ।

ब्रिजबेनमा ३० जुलाई शनिबार भब्य सांगितिक कार्यक्रम हुने भएको छ । क्वीन्सल्याण्ड नेप्लीज कम्युनिटी सेन्टरको सहयोगार्थ हुन लागेको कार्यक्रममा समेत तीजका भाका, नेपाली मौलिक लोकदोहोरीको धुनका साथै नेपाली संगीतको आधुनिक आवाज समेत गन्जिने आयोजक केविसी अष्ट्रेलियाले जनाएको छ । अष्ट्रेलिया टूरको संयोजन समेत गरिरहेका केविसी अष्ट्रेलियाका निर्देशक चिरञ्जीवी देवकोटाले ब्रिसबेनको नेपाली समूदायको माया पहिलो पटक अष्ट्रेलिया भ्रमणमा रहेकी गायिका रचना रिमालले पाउने आशा व्यक्त गर्नुभयो । यस्तै पशुपति शर्मा लगायतका कलाकारहरुलाई यसअघि मिल्दै आएको साथ यस पटक पनि प्राप्त हुने अपेक्षा गरिएको छ । ब्रिसबेनमा हामीले सबै समूदाय एकै ठाउँमा आएर, एकताबद्ध भएर आफ्नै सामूदायिक केन्द्र बनाउने अभियानमा एउटै मात्र भएपनि ईंटा थपौं भन्ने उद्देश्यका साथ हातेमालो गरेका हौं । देबकोटाले भन्नुभयो ।

यसपछि मेलबर्नमा अगष्ट १ तारिख सोमबार गुल्मी समाज भिक्टोरिया, केइसी नेपाली समाज लगायतको आयोजनामा अकोना पार्क सेन्टरमा तीज धमाका २०७९ हुनेछ । मेलबर्नको पूर्वीक्षेत्रमा बसोबास गर्ने धेरै नेपालीको सहभागिता यसमा हुने अपेक्षा आयोजकको छ । यस लगत्तै नेपाली कलाकारहरुको टोलीले ४ तारिख क्यानबेरामा कन्सर्ट दिनेछ । डीबोइज ईभेन्टसको संयोजनमा अष्ट्रेलियाको राजधानी क्यानबेरामा तीज धमाका कार्यक्रम निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । पछिल्लो समय नेपालीको उपस्थिति बढ्दै जाँदा नेपाली कार्यक्रम पनि यहाँ बाक्लै भइरहेका छन् ।

यसपछि सिड्नीमा तीज मेला विथ कमेडी नाईट्स अगष्टको ६ तारिख शनिबार हुनेछ । फन्टाष्टिक ईभेन्ट सिड्नीको आयोजनामा यो कार्यक्रम ग्रानभिलस्थित हिमालयन प्यालेस हलमा हुनेछ । सिड्नीमा यो नै तीजको पहिलो भव्य कार्यक्रम बन्ने अपेक्षा गरिएको छ । यसपछि अगष्टको ८ तारिख सोमबार एडिलेडमा तीज धमाका २०७९ गरिनेछ । जसलाई गिरिश ईभेन्टसले संयोजन गरेको छ । डोम पोलिस्कि सेन्टरमा हुने कार्यक्रमसँगै धमाका २०७९ अष्ट्रेलिया टूर सम्पन्न हुनेछ ।

धमाका २०७९ अष्ट्रेलिया टूरलाई ग्रेस ईन्टरनेशनलले मुख्य प्रायोजन गरेको छ भने प्लाटिनम स्पोन्सरको रुपमा ब्लूबेरी रियल स्टेट मेलबर्न रहेको छ । विभिन्न शहरमा आयोजना हुने कार्यक्रमका लागि स्थानीयस्तरमा विभिन्न व्यवसायिक तथा गैरनाफामूलक संघसंस्थाहरु समेत जोडिएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6