Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसामान्य नेपाली नागरिकको खाताबाट ३३ करोडको कारोबार, अष्ट्रेलियाको कमन वेल्थ बैंकसँग समेत कनेक्सन !

सामान्य नेपाली नागरिकको खाताबाट ३३ करोडको कारोबार, अष्ट्रेलियाको कमन वेल्थ बैंकसँग समेत कनेक्सन !


काठमाडौं । एउटा सामान्य व्यक्तिको बैंक खातामा ठूलो कारोबार भइरहेको सूचना पाएर नुवाकोटको विदुर नगरपालिकाका अमित श्रेष्ठलाई पक्राउ गरेको प्रहरी अहिले उनको कारोबार र आम्दानीको अनुसन्धानमा जुटेको छ । काठमाडौंको पानीपोखरीमा बस्ने श्रेष्ठ कुनै ठूलो व्यापार व्यवसायमा संलग्न नभएपनि उनको नाममा करोडौंको सम्पत्ति छ, बेलबखत उनी विदेश भ्रमणमा पनि जाने गरेका प्रहरी अनुसन्धानबाट खुलेको छ ।

काठमाडौं उपत्यका अपराध महाशाखाको टोलीले गत असार २९ गते श्रेष्ठलाई पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता दिनेशराज मैनाली श्रेष्ठले ३३ करोड बढी विदेशी मुद्राको कारोबार गरेको पाइएको बताउनुहुन्छ । क्रिप्टोकरेन्सीमार्फत् अवैध सम्पत्ति कमाएको भन्दै श्रेष्ठमाथि अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले उनको मोबाइल र ल्यापटपको फरेन्सिक परीक्षण गर्दा ३३ करोड ९ लाख २१ हजार रुपैयाँ बराबरको विदेशी मुद्रा कारोबार गरेको भेटिएको हो ।

अष्ट्रेलिया र क्यानडासम्म कनेक्सन
श्रेष्ठको नाममा अष्ट्रेलियाको कमन वेल्थ बैंकमा समेत सेयर कारोबार भएको पाइएको छ । उनी कुनै ठूला व्यवसाय वा कारोबारको चर्चामा नदेखिएपनि कसरी कमन वेल्थसम्मको कनेक्सन र कारोबारमा पुगे ? प्रहरी नै चकित बनेको छ । उनले क्यानडाको रोयल बैंक अफ क्यानडा, क्यानडाकै बैंकमा सेयर कारोबार, नेपालको नबिल बैंकमा डलर कारोबार गरेको, एनआइसी एसिया बैंक र एभरेष्ट बैंकमा सेयर र रकम लगानी गरेको प्रहरी अनुसन्धानका क्रममा पुष्टि नै भएको छ ।

नेपाल राष्ट बैंकको अनुमति बिना करोबार गरिएको र अधिकांश कारोबार अमेरिकी डलरमा भएको पाइएपनि प्रहरी कसरी यति ठूलो कारोबार भैरहेको छ । उनी एक्लै छन वा अरु ठूलो समूह छ भन्ने खोजीमा जुटेको छ । अझ, प्रहरी अनुसन्धानबाटै उनको नाममा कलंकी र लाजिम्पाटमा ५ करोड बढीको सम्पत्ति जोडिएको देखिएको छ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी जिल्ला प्रहरी परिसर काठमाडौंबाट अनुसन्धान भइरहेका श्रेष्ठले कस्तो कारोबार गरेर, कसरी ३८ करोड बढीका मालिक बने ? अनुसन्धान अधिकारी नै चकित छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6