Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaदिदीबहिनी समाज भिक्टोरियाले अगस्ट २० मा तीज विशेष कार्यक्रम गर्दै !

दिदीबहिनी समाज भिक्टोरियाले अगस्ट २० मा तीज विशेष कार्यक्रम गर्दै !


ब्रिजबेन,अष्ट्रेलिया । दिदीबहिनी समाज भिक्टोरियाले मेलबर्नमा तीज विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ। ‘संस्कृति संरक्षण गरौँ, आशा बढाऔँ’ भन्ने नाराका साथ अगस्ट २० मा एकदिने तीज कार्यक्रम आयोजना गर्न लागिएको दिदीबहिनी समाज भिक्टोरियाकी अध्यक्ष जमुना पराजुलीले जानकारि दिनुभएको हो ।

महिलाहरूको महान् चाड तीजलाई खुसी र उमंगका साथ मनाउन प्रेरणा भर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको बताइएको छ । दोस्रो पुस्तालाई हाम्रो संस्कृतिको बारेमा जानकारी दिन र मेलर्बनमा रहेका दिदीबहिनीहरुलाई एक–आपसमा एकताबद्ध गराउन कार्यक्रमले भूमिका खेल्ने अध्यक्ष पराजुलीको विश्वास रहेको छ । विदेशी भूमिमा पनि तीजलाई हर्षोल्लासका साथ एक–आपसमा सद्भाव बढाउने पर्वका रूपमा मनाउन अध्यक्ष पराजुलीले सबैलाई आग्रह गर्नुभएको छ ।

कोबर्गको टाउन हलमा हुने तीजको कार्यक्रमबाट उठेको पैसा आवाज संस्था मार्फत मध्यपश्चिमका हिंसा पीडित महिलालाई हस्तान्तरण गरिने बताइएको छ। गत वर्षको तीज कार्यक्रमबाट संकलित रकम समेत १ सय १० जना महिलाहरूको जनजीवनमा प्रत्यक्ष सहयोग पुग्ने गरी हस्तान्तरण गरिएको थियो । तीज कार्यक्रम भिक्टोरियामा रहेका नेपालीबीचको उत्सब मात्रै नभएर नेपाली दिदिबहिनीको सहयोगलाई निरन्तरता दिने अभियानका रुपमा समेत रहँदैआएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6