Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा फेरी बढ्यो बैंकको व्याज, अब ऋण लिदा १.८५ प्रतिशत व्याज लाग्ने !

अष्ट्रेलियामा फेरी बढ्यो बैंकको व्याज, अब ऋण लिदा १.८५ प्रतिशत व्याज लाग्ने !


ब्रिजबेन, अष्ट्रेलिया । रिजर्व बैंक अफ अष्ट्रेलियाले पुनः ब्याजदर बढाएको छ। बढ्दै गएको मुद्रास्फीतिलाई सन्तुलन गर्न भन्दै रिजर्व बैंकले लगातार चौथो महिना पनि व्याजदर बढाएको हो।

रिजर्व बैंकको मासिक बैठकमार्फत ब्याजदर ५० आधार बिन्दुले बढाइएको छ । यो महिना मात्रै अष्ट्रेलियाको ब्याजदर थप ०.५ प्रतिशतले बढेको छ। पछिल्लो वृद्धिसँगै अष्ट्र्रेलियाको ब्याजदर १.८५ पुगेको छ। जुलाइमा यो दर १.३५ प्रतिशतमा सिमित थियो। रिजर्व बैंकले सन् १९९० पछि लगातार चार महिनासम्म ब्याजदर बढाएको यो नै पहिलो घटना हो। अहिलेको वृद्धिले गत हप्ता वार्षिक मुद्रास्फीतिमा भएको ६.१ प्रतिशतको वृद्धिलाई पछ्याएको छ। यो मुद्रास्फिति २००१ पछि कै सबैभन्दा धेरै भएको भन्दै अर्थतन्त्रका ज्ञाताहरुले चासो व्यक्त गरेका छन् ।

मंगलबार बढेको ब्याजदरसँगै अब घरका लागि ५ लाख डलर ऋण लिएका व्यक्तिहरूले प्रतिमहिना १४० डलर थप किस्ता बुझाउनु पर्ने भएको छ। निरन्तर बढेको व्यजदरले ऋण कारोबारमा व्यवसाय गर्नेहरुलाई समस्यामा पार्दैगर्दा क्रिसमसअघि अझै बढ्ने चर्चा चलिरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6