Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाको विद्यार्थी भिसामा थप कडाई, यी कागजात अनिवार्य !

अष्ट्रेलियाको विद्यार्थी भिसामा थप कडाई, यी कागजात अनिवार्य !


काठमाडौं, ब्रिजबेन । अष्ट्रेलियाले नेपाली विद्यार्थीहरुलाई दिदैआएको भिसामा थप कडाई गर्ने भएको छ । नयाँ दिल्लीस्थित अष्ट्रेलियन हाईकमिसनको प्रतिनिधिमण्डलले नेपालमा आएर यस्तो जानकारी गराएको हो ।

अष्ट्रेलिया सरकारको प्रतिनिधि मण्डलले केहीदिनअघि मात्रै नेपालमा एकदिने कार्यशालाको आयोजना गरेर विदेशी विद्यार्थीहरूको लागि शैक्षिक सेवा (ईएसओएस) सम्बन्धी नीति, नेपाली विद्यार्थीसँगै शैक्षिक मरामर्शदाताले सतप्रतिशत भिसा प्राप्तिका लागि गर्नुपर्ने सुधारका बिषयमा छलफल गरेको नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष प्रकाश पाण्डेले जानकारि दिनुभयो ।

अष्ट्रेलियाको उच्च शिक्षा तथा भिसा नीतिबारे र विद्यार्थी, शैक्षिक परामर्शदाताको भुमिका बारे भएको छलफलमा विभिन्न शैक्षिक परामर्शदाताहरुका संघ संगठन (इक्यान, फेकन, आइरिन, नायर, नेका, एरी नेपाल) का अध्यक्ष एवंम प्रतिनिधिहरुको सहभागिता रहेको इक्यानका अध्यक्ष पाण्डेले जानकारी दिनुभयो । कार्यशालामा दक्षिण एशिया, अष्ट्रेलियन उच्चायोग नयाँ दिल्लीस्थित शिक्षा र अनुसन्धान विभागका काउन्सिलर ब्रेट गाल्ट स्मिथ, नयाँ दिल्लीस्थित अष्ट्रेलियाली उच्चायोग गृहमामिला विभाग प्रमुख एन्ड्रयू ड्वायर, गृह मामिला विभाग सेकेण्ड सचिव एन्ड्रयू ड्वायरले बढी भिसा रद्ध भएको कारण र भिसा आवेदनमा गर्नुपर्ने सुधार बारे जानकारि गराउनुभएको थियो ।

यस्ता छन् नेपाली विद्यार्थीको भिसा रद्ध हुने कारणहरु
अष्ट्रेलिया सरकारको उच्चस्तरिय प्रतिनिधि मण्डलका अनुसार नेपाली विद्यार्थीको बढी आवेदन रद्ध हुनुमा भिसा आवेदनको प्रस्तावको विश्वशनियतामा उब्जिएको शंका, अन्तवार्ताका क्रममा चिट गरिएको र भीडियो अन्तवार्तामा विद्यार्थीबाट गरिएको अस्विकार, आर्थिक स्थिति बारे पेश गरिएका कागजात र आम्दानीको विश्वशनियतामा उब्जिएका आशंकासँगै बैंकमा राखिएको शैक्षिक ऋण भिसा लाग्नासाथ निकालिनु मुख्य रहेका छन् । अष्ट्रेलियामा जतिपनि कामको छुट भएकाले कतै नेपाली विद्यार्थीहरु गुणस्तरिय शिक्षाका लागि नभई कामकै लागि त अष्ट्रेलिया आउन लागेका त होइनन ? भन्ने प्रश्न समेत उच्च आवेदनबाट उब्जिएको छ ।

भिसामा नीतिगत कडाई
अष्ट्रेलिया सरकारले अष्ट्रेलियाको उच्च शिक्षा सबैका लागि होइन भन्ने नीति लिएको भएपनि पछिल्ला केही बर्षमा आवेदक अधिकांश विद्यार्थीले सहज रुपमा भिसा पाउनेगरेका थिए । आवेदन बढेसँगै अष्ट्रेलिया सरकारले सबै कोणबाट सक्षम अर्थात भाषा राम्रो भएका, सहि सोच र आर्थिक रुपमा सबल व्यक्तिहरुलाई विद्यार्थीलाई मात्रै भिसा दिन योग्न मान्दै कडाई गर्न थालेको छ ।

योग्य विद्यार्थीका लागि यी कागजातको खोजी गरिदै
–भिसा आवेदनको प्रस्ताव सकभर विद्यार्थी आफैले लेखेको हुनुपर्ने, अंग्रेजी भाषा र अन्तवार्तामा दक्षताको खोजी ।

–भिडियो अन्तवार्ता समेत हुनसक्ने अवस्थामा विद्यार्थी अग्रसर भएर सामना गर्नसक्ने हुनुपर्ने ।

– आर्थिक कागजातहरु पेस गर्दा प्रमाणसहितको कागजातको आवश्यकता (व्यवसायिक आम्दानी भए बैंकमा कारोबार भएको र ट्याक्स तिरेको कागजात, भाडा वा ऋण भए यो को विश्वासिलो कारोबार र कागजात, जग्गा बेचबिखन भएमा जग्गाधनी प्रमाण पत्र, तिरोसँगै कारोबारको विश्वासयोग्य कागजात, कागजात पेश गर्दा छुटाउने भन्दा पनि सबै आवश्यक कागजात विश्वासिलो आधारसहित अनिवार्य पेश गर्नुपर्ने ।

– कम्तिमा ६ महिनासम्म लगातार आउने बैक खाताको स्टेटमेन्टसँगै भिसा लाग्नासाथ खाताको पैसा निकाल्ने प्रबृत्तिको सुधार भिसा प्राप्तीमा खोजिएको छ ।

विगतमा विद्यार्थी भिसालाई केही सहज बनाएको अष्ट्रेलिया सरकारले अब पढ्ने र पढ्न चाहाने विद्यार्थीलाई प्राथमिकतामा राखेको छ । मार्च, अप्रिल र मे मा भोकेसनल अर्थात डिप्लोमा, सर्टिफिकेट र एडभान्स डिप्लोमा परेको समग्र आवेदन मध्ये ३० प्रतिशत नेपाली विद्यार्थीको पाइएसँगै कामकै लागि विद्यार्थी भिसालाई दुरुपयोग गरिएको त छैन ? भन्नेमा समेत अष्ट्रेलिया सरकार चनाखो बन्दा नेपाली विद्यार्थीको भिसादर खस्किएको छ । शिक्षा प्रदायक नेपाली एजेन्टहरुसँग छिट्टै अनलाईन परामर्श गर्ने बताएको अष्ट्रेलियाको उच्चस्तरिय प्रतिनिधि मण्डलले बैधानिक कागजातसहित पढ्ने सोच भएका इमान्दार विद्यार्थीका लागि कुनै समस्या नहुने, फेक कागजातका आधारमा कामका लागि आउन चाहानेहरुमात्रै निसान बनाइएको बताएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6