Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaक्वीन्सल्याण्ड हत्याकाण्डका आरोपी अदालत उपस्थित, अब हिरासतमै रहने !

क्वीन्सल्याण्ड हत्याकाण्डका आरोपी अदालत उपस्थित, अब हिरासतमै रहने !


ब्रिजबेन,अष्ट्रेलिया । उत्तरी क्वीन्सल्याण्ड राज्यको दुर्गम क्षेत्र बोगीस्थित एक किसान परिवारका तीन जनाको हत्या आरोपित ५९ वर्षीय पुरुष पहिलो पटक अदालतमा उपस्थित भएका छन् । गोली प्रहारबाट तीनवटा हत्या र एउटा हत्या प्रयासको आरोप लागेका आरोपित सोमबार स्थानिय मजिस्ट्रेट अदालतमा भिडियो लिङ्क मार्फत उपस्थित भएका हुन् ।

उनी मुद्धा किनारा नलाग्दासम्म हिरासतमै रहनेछन् । अर्को पेसीका क्रममा नोभेम्बर १ मा उनी अदालतमा उपस्थित हुनुपर्नेछ । घटनामा बाँचेका एक मात्र व्यक्तिको उपचार भइरहेको र उनको अवस्था सुधारोन्मुख भएको बताइएको छ । सम्पत्ति विवादका कारण घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अदालतमा पुगेको मुद्धामाथी प्रहरीले समेत थप अनुसन्धान गरिरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6