Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaगुगललाई अष्ट्रेलियामा ६० करोड डलर जरिवाना गराइयो, कारण यस्तो !

गुगललाई अष्ट्रेलियामा ६० करोड डलर जरिवाना गराइयो, कारण यस्तो !


ब्रिजबेन, अष्ट्रेलिया । गुगललाई अष्ट्रेलियामा ६० मिलियन (करोड) डलर जरिवाना तिराइएको छ। जनवरी २०१७ र डिसेम्बर २०१८ को बीचमा एन्ड्रोइड फोनमा आफ्नो व्यक्तिगत स्थानको डाटा संकलन र प्रयोग बारे केही उपभोक्ताहरूलाई भ्रममा पारेको भन्दै गुगलमाथि यतिधेरै जरिवाना तोकिएको हो।

अष्ट्रेलियाको उपभोक्ता संरक्षक अष्ट्रेलियन कम्पिटिशन एण्ड कन्ज्युमर कमिसन (एसिसिसि) ले गत वर्ष मात्रै गुगल विरूद्ध संघिय अदालतमा मुद्दा दर्ता गरेको थियो। उक्त मुद्दाका क्रममा १३ लाख अष्ट्रेलियन नागरिक प्रभावित भएको भन्दै जरिवानाको माग गरिएको थियो । छानबिनका क्रममा गुगलले व्यक्तिगत पहिचान गर्न मिल्नेगरी प्रयोगकर्ताहरूको लोकेसन हिस्ट्री राखेको र वेभ एण्ड याक्टिभिटी सेटिङ मार्फत पनि व्यक्तिगत विवरण संकलन गरेको पाइएको थियो । सन् २०१८ पछि भने गुगलले यो विषय अन्त्य गरेको बताएको छ । एसिसिसिकी अध्यक्ष जिना क्यास गोटेलिबले ६० करोड डलर तिर्ने सहमति भएको जानकारि दिनुभयो ।

संघीय अदालतले गुगललाई नीति तथा शर्त प्रतिबद्धता सुनिश्चित गर्न र अष्ट्रेलियाली उपभोक्ता कानून बारे कर्मचारीहरूलाई प्रशिक्षण दिन आफ्ना नीतिहरू समायोजन गर्न पनि आदेशमा भनिएको छ । लोकेसन डेटाबारे सन्देशहरू तयार गर्न कुनै भूमिका नभएको भन्दै गुगल अष्ट्रेलियालाई भने छुट्टै जरिवानाबाट जोगाइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6