Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustralia‘नेपाल फेस्टिबल मेलबर्न २०२२’ को तयारी पुरा, को आउँदैछन कलाकार ?

‘नेपाल फेस्टिबल मेलबर्न २०२२’ को तयारी पुरा, को आउँदैछन कलाकार ?


ब्रिजबेन । आगामी सेप्टेम्बर १० मा हुन गइरहेको ‘नेपाल फेस्टिबल मेलबर्न २०२२’को तयारी पुरा भएको छ । एनआरएन भिक्टोरिया संयोजक हरि खड्काले नेपाल फेस्टिबल मेल्वर्न २०२२ को तयारी र कार्यविधि बारे पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभएको हो ।

फेस्टिबललाई ऐतिहासिक बनाउन सबैको साथ र सहभागिता आवश्यक हुने भन्दै संयोजक खड्काले नेपाली समूदायको भरपुर साथ पाउने विश्वास व्यक्त गर्नुभयो । एनआरएनए भिक्टोरीयाका सचिव गणेश कँडेलले नेपाल फेस्टिवलको तयारी भव्य भएको जानकारी दिनुभयो । फेस्टिबलको टाइटल स्पोन्सर बलूबेरी रियल स्टेटका सेल्स म्यानेजर महादेव धानुकले नेपाली कला संस्कृति, भाषा, भेषभूषा, गीत,संगीत र नेपाली परिकार चिनाउने फेस्टिबलमा प्रायोजक हुनु गौरभको विषय भएको धारणा राख्नुभएको थियो । फेस्टिबल प्रचारप्रसार संयोजक हेम दुलालले आगामी फेस्टिबल नेपाली समुदायमा मात्रै सीमित नगरेर अन्य समुदायसम्म पुर्‍याउनेगरि अघि बढाइएको बताउनुभयो । कलाकार संयोजक राम कँडेलले कव वेभ व्याण्ड र लोक दोहोरी गायक बद्री पंगेँनी आउने पक्का भएको जानकारी पत्रकार सम्मेलनमा गराउनुभएको थियो ।

साँस्कृतिक परेड संयोजक तारा गैरेले दिदी बहिनी समाज भिक्टोरीयासँग सहकार्य गरेर परेड तयारी भइरहेको जाकारी दिनुभयो । फेडरेसन स्वाक्यरमा हुने महोत्सवमा पारलेमेन्ट हाउसबाट परेड सुरु हुनेछ। यस्तै अतिथि संयोजक गणेश कँडेलले फेस्टिबलमा नेपाली दूतावासबाट राजदूत कैलाश राज पोख्रेल, भिक्टोरीयाको महिला तथा शिक्षा मन्त्री नाटलि हुचिङ्गस्, भिक्टोरीया बाहुसाँस्कृतिक कमिसन अध्यक्ष भिभिन न्यूहुङ्ग लगायत अन्य उच्च पदाधिकारीहरूको सहभागिता हुने जानकारी गराउनुभएको छ । खाना र संस्कृति संयोजक विजय दाहालले नेपाली परिकारहरूको महत्त्व देखाउँदै नेपाली स्वाद विदेशीहरूलाई चखाउने सुनौलो अवसरलाई उत्सबमय बनाउने पहल भएको बताउनुभयो ।

फेस्टिबलमा न्याभले स्वयंसेवक परिचालन गर्नेछ । स्वयंसेवकको लागी इच्छुकलाई न्याभमा सम्पर्क गर्न अनुरोध गरिएको छ । फेस्टिबलमा अहिलेसम्म ६ वटा प्याटेनियम स्पोन्सर, १६ वटा करपोरेट स्पोन्सरको टुंगो लागेको एनआरएन भिक्टोरियाले जनाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6