Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaप्रधानमन्त्री अल्बानीजले सार्वजनिक गरे अष्ट्रेलियामा पाँच वर्षसम्म उच्च माग हुने १० काम !

प्रधानमन्त्री अल्बानीजले सार्वजनिक गरे अष्ट्रेलियामा पाँच वर्षसम्म उच्च माग हुने १० काम !


ब्रिजबेन। प्रधानमन्त्री एन्थोनी अल्बानीजले आगामी पाँच वर्षमा उच्च माग हुने आशा गरिएका शीर्ष १० कामहरूको सूची सार्वजनिक गर्दै राष्ट्रिय सीप सप्ताहको सुरुवात गर्नुभएको छ । अर्को हप्ता रोजगार र स्किल्स सम्मेलन आयोजना गर्ने तयारी भैरहँदा प्रधानमन्त्री अल्बानीजले यस्तो सूची सार्वजनिक गर्नुभएको हो ।

एक सातापछि आयोजना हुने सम्मेलन युनियन, रोजगारदाता, नागरिक समाज र सरोकारहरूलाई एकै ठाउँमा साथ उपस्थित गराएर आर्थिक चुनौतिहरूको सामना कसरी गर्ने र दक्ष श्रमिकको अभाव लाई सम्बोधन गर्न भन्ने निष्कर्षको खोजी हुने प्रधानमन्त्री अल्बानीजले बताउनुभएको छ । शिखर सम्मेलनको लक्ष्य बेरोजगारी, ज्याला वृद्धि, सीपको दीर्घकालीन व्यवस्थापन, महिला र पिछडिएका अष्ट्रेलियालीहरूका लागि समान अवसरमा केन्द्रित हुने प्रधानमन्त्री अल्बानीजको वक्तव्यमा उल्लेख छ। सीप र प्रशिक्षण मन्त्री ब्रेन्डन ओकनरले व्यवसायीहरु सीप भएका कामदारहरू खोज्न संघर्षरत भएको बताउँदै दक्ष कामदारको परिपूर्ती ठूलो चुनौति बनेको बताउनुभएको छ ।

अल्बानीज सरकारले आगामी पाँच वर्षमा उच्च माग हुने आशा गरेका शीर्ष १० काम यस्ता छन् :

१, कन्स्ट्रक्सन म्यानेजर
२, सिभिल इन्जिनियरिङ प्रोफेसनल
३, रजिस्टर्ट नर्स
४, चाइल्ड केयरर
५,एज्ड एण्ड डिसएबल्ड केयरर
६,अर्ली चाइल्डहुड टिचर
७, इलेक्ट्रिसियन
८, सेफ
९, आइसीटी विजनेश एण्ड सिस्टम एनालिस्ट
१०, सफ्टवेयर एण्ड एप्लिकेसन प्रोग्रामर

प्रधानमन्त्री कार्यालयले अपाङ्गता भएका व्यक्तिहरूका लागि भेदभाव, सहयोग र सीप वृद्धिमा केन्द्रित रहेको अपाङ्गता राउन्डटेबल छलफलको शिखर सम्मेलनको तयारी समेत भैरहेको जानकारि दिएको छ । अल्बानीज सरकारले ४ लाख ६५ हजार शुल्क रहित टेक्निकल एण्ड फर्दर एजुकेशन पूर्वाधारका लागि ८० करोड ५० लाख डलर लगानी गर्ने घोषणा समेत गरेको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6