Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaभिक्टोरियामा १० हजार भन्दा बढी नर्स र मिडवाइफरले निःशुल्क पढ्न पाउने, यस्तो छ अवशर !

भिक्टोरियामा १० हजार भन्दा बढी नर्स र मिडवाइफरले निःशुल्क पढ्न पाउने, यस्तो छ अवशर !


ब्रिजबेन । अष्ट्रेलियाको भिक्टोरिया राज्यले नर्सिङ वा मिडवाइफरी स्नातक अध्ययन गर्न चाहाने १० हजार भन्दा बढी विद्यार्थीहरूलाई निःशुल्क पठाउने भएको छ । भिक्टोरिया सरकारले २७ करोड डलरको नयाँ योजना अन्तर्गत ठूलो संख्यामा विद्यार्थीहरूलाई निः शुल्क नर्सिङ वा मिडवाइफरी स्नातक अध्ययन गराउने योजना अघि सारेको हो

कोरोना महामारि लगायतका कारण समस्याग्रस्त बनेको राज्यको स्वास्थ्य प्रणाली सुधार्न भिक्टोरियन सरकारले १७ हजार भन्दा बढी नर्स र मिडवाइफहरू भर्ती गर्ने र तालिम दिने योजना अघि बढाएको हो । भिक्टोरियाका प्रिमियर डेनियल एन्ड्रयूजले २०२३ र २०२४ मा नर्सिङ वा मिडवाइफरी कोर्समा भर्ना हुने सबै नयाँ आन्तरिक विद्यार्थीहरूले पुर्ण छात्रवृत्ति पाउने बताउनुभएको छ । सरकारको पाँच वर्षे कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले अध्ययन गर्दा ९ हजार डलर र भिक्टोरियका सार्वजनिक स्वास्थ्य सेवाका क्षेत्रमा दुई वर्षसम्म काम गरेको अवस्थामा थप ७ हजार ५ सय डलर पाउने छन् ।

‘यदि तपाइँ १२ वर्षमा हुनुहुन्छ र तपाइँ नर्सिङ वा मिडवाइफरी अध्ययन गर्ने बारे सोच्दै हुनुहुन्छ ? हामीले तपाईंको उच्च शिक्षा योगदान कार्यक्रम (एचइसिएस) शुल्कहरू तिर्नेछौं।’ प्रिमियर एन्ड्रयूजले भन्नुभएको छ । ‘यो एक नर्स बन्नका लागि राम्रो समय हो, यो एक महत्वपूर्ण र अभूतपूर्व लगानी पनि हो ।’ स्नातकोत्तर नर्सहरूलाई गहन हेरचाह, आपतकालीन, बालरोग र क्यान्सर हेरचाह सहित विशेषज्ञ क्षेत्रहरूमा अध्ययन पूरा गर्न १० हजार डलर छात्रवृत्ति समेत दिने योजना सरकारले अघि सारेको छ ।

यो लगानीले स्वास्थ्य प्रणालीमा भइरहेको अहिलेको दबाब कम गर्न मद्दत पुग्ने विश्वास गरिएको छ । यो प्याकेज अहिले भिक्टोरियाका आन्तरिक विद्यार्थीहरूका लागि मात्रै भएका कारण विदेशी विद्यार्थीहरू यो योजनामा नपर्ने संकेत देखिएपनि अहिले नै एकिन भने गरिएको छैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6