Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाले नेपालको जलस्रोत व्यवस्थापनको क्षेत्रमा सहयोग गर्ने समझदारी !

अष्ट्रेलियाले नेपालको जलस्रोत व्यवस्थापनको क्षेत्रमा सहयोग गर्ने समझदारी !


ब्रिजबेन। नेपाल र अष्ट्रेलिया सरकारबीच जलस्रोत व्यवस्थापनको क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सोमबार अष्ट्रेलियाको राजधानी क्यानबेरामा सम्पन्न नेपाल र अष्ट्रेलियाका परराष्ट्र सचिवस्तरीय बैठकका क्रममा उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

नेपालका परराष्ट्र सचिव भरत राज पौड्यालको नेतृत्वमा आएको प्रतिनिधिमण्डल र अष्ट्रेलियाका विदेश तथा व्यापार विभागका सचिव जान एडम्स बीच क्यानबेरामा बैठक भएको थियो । बैठकमा द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको, द्विपक्षीय सहायता बढाउने विषयमा पनि समझदारी बनेको क्यानभेरास्थित नेपाली दूतावासले जनाएको छ।

परराष्ट्र सचिव भरत राज पौड्याल नेतृत्वको तीन सदस्यीय टोली आइतबार मेलर्बन हुदैँ क्यानबेरा आएको थियो । मेलर्बन आउनुभएका सचिव पौड्यालले आइतबार नै भिक्टोरियाको महावाणिज्यदूतावासको भ्रमण गर्नुभएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6