Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaजिल्ला अदालतको फैसलाविरुद्ध पल शाह पुनरावेदनमा जाने, यस्तो छ तयारी !

जिल्ला अदालतको फैसलाविरुद्ध पल शाह पुनरावेदनमा जाने, यस्तो छ तयारी !


काठमाडौं । जिल्ला अदालत नवलपरासीले साँढे २ वर्षको जेल सजाय र १० लाख जरिवाना सुनाएपछि अभिनेता पल शाह पुनरावेदनका लागि उच्च अदालत जाने भएका छन् । अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै पलको तर्फबाट पोखरा उच्च अदालतमा पुनरावेदन रिट दायर हुने भएको हो ।

पल शाहका वकिल कमलामोहन वाग्लेले भन्नुभयो– ‘कुनै पनि मिसिल\प्रमाणले कसुर प्रमाणित हुँदैन, त्यसैले यो फैसला नितान्त गलत छ,’ ‘हामी उच्चमा जान्छौं ।’ अधिवक्ता वाग्लेले बाल यौन दुरुपयोग भने पनि त्यो कसुरदारकै रुपमा फैशला भएको बताउनुभयो । पल कसुरदार नभएको दाबी गर्दैआउनुभएका वाग्लेले उच्च अदालतबाट न्याय पाउने आशा व्यक्त गर्नुभएको छ । रिटको तयारी पुरा भएकोले संभवत आजै दर्ता हुने बताइएको छ ।

जिल्ला अदालत नवलपरासीले मंगलबार मात्रै पल शाहले बाल यौन दुरुपयोग गरेको ठहर गर्दै सवर्षको जेल साँढे दुई वर्षको सजायका साथै १० लाख रुपैयाँ क्षतिपूर्ति र २५ हजार जरीवानाको फैसला सुनाएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6