Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपाल अपडेट : यी हुन तपाईले छुटाउनै नहुने पछिल्ला प्रमुख पाँच खबर !

नेपाल अपडेट : यी हुन तपाईले छुटाउनै नहुने पछिल्ला प्रमुख पाँच खबर !


काठमाडौं । बुधबारबाट सुरु भएको इन्द्रजात्रा, सार्वजनिक मञ्चमै प्रचण्ड र जनार्दनबीच चलेको घोचपेचको जुहारी, नेपालबाट पर्यटन भिसामा जानेहरुमाथी गरिएको कडाई, चिकित्सकको सामूहिक राजिनामा र काठमाडौं महानगरका मेयर बालेन्द्र साहले सर्बोच्चमा बुझाएको लिखित जवाफ बारेका प्रमुख पाँच खबरहरु यस्ता छन् ।

काठमाडौंको प्रख्यात इन्द्रजात्रा बुधबारबाट सुरु
काठमाडौं उपत्यकामा बुधबारबाट इन्द्रजात्रा सुरु भएको छ । काठमाडौँको बसन्तपुरस्थित हनुमानढोकामा स्थानिय भाषामा यःसी भनिने लिङ्गो ठड्याएर इन्द्रजात्राको सुरुवात गरिएको हो । भक्तपुरको चित्तपोलबाट ल्याइएको लिङ्गो हुनमानढोकामा ठड्याएपछि इन्द्रजात्रा सुरु गर्ने चलन शाह वंशीय राजा प्रतापसिंह शाहको पालामा सुरु भएको थियो । इन्द्र जात्रा सुरु भएसँगै यसको विशेष आकर्षण मानिने पुलुकिसी र लाखेनाच पनि सुरु भएको छ ।

प्रचण्ड–जनार्दनबीच सार्वजनिक मञ्चमै घोचपेच
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्मा प्रभाकरबीच सार्वजनिक कार्यक्रममै घोचपेच भएको छ । बुधबार काठमाडौँमा भएको कार्यक्रममा अध्यक्ष प्रचण्ड र अर्थमन्त्री समेत रहेका शर्माबीच नीति र नेतृत्वका बारेमा घोचपेच भएको हो । प्रचण्डको कट्टर समर्थक र आलोचक आफू भएको भन्दै नेतृत्वले जथाभावी गर्न नहुने भन्दै जनार्दनले असन्तुष्टिसहित खबरदारी गरे । यता, अध्यक्ष प्रचण्डले समेत जनार्दनलाई जनयुद्धदेखी अहिलेसम्म साथ दिएर यो अवस्थामा ल्याएको भन्दै सक्षम उत्तराधिकारीको खोजीमा रहेको बताएका थिए ।

टुरिस्ट भिसामा कडाई, बैंकमा २ लाख हुनुपर्ने
सरकारले पर्यटकको रूपमा विदेश घुम्न जानेलाई कडाई गर्ने प्रावधान ल्याएको छ । पर्यटक भिसामार्फत खाडी मुलुक जाने क्रम बढेपछि गृह मन्त्रालयले ‘पर्यटक भिसामा विदेश प्रस्थान अनुमति व्यवस्थापन सम्बन्धी कार्यविधि २०७९’ जारी गरेको हो। २०७९ साउन ३० मा मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत गरेको कार्यविधि मन्त्रालयले अध्यागमन विभागलाई पत्राचार गरेर कार्यान्वयनका लागि निर्देशन दिएको हो । ​

चिकित्सकको सामूहिक राजीनामाको घोषणा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले सामूहिक राजीनामाको घोषणा गरेका छन् । उपकुलपतिलाई सामूहिक रुपमा पत्र लेख्दै चिकित्सकहरुले राजीनामा दिएका हुन् । भाद्र २ गते डाक्टर करण साहमाथि प्रतिष्ठानका कर्मचारी धनबहादुर शाहीले कुटपिट गरेको घटनालाई अतिरञ्जित बनाइ डा. साहमाथि झुटा मुद्दा दायर गरेर पक्राउ पुजी जारी गरेपछि चिकित्सक र प्रतिष्ठानबीच तनाबको वातावरण बनेको छ ।

बालेनले बुझाए सर्बोच्च अदालतमा लिखित जवाफ
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् । अदालतको अवहेलना सम्बन्धी मुद्दामा पठाएको जवाफमा निवेदकको दाबी निराधार रहेको बताइएको छ । अदालतको फैशलामाथीको आलोचना अभिव्यक्ति स्वतन्त्रताको एउटा पक्ष भएको समेत मेयर बालेनले लिखित जवाफमार्फत जिकिर गरेका छन् ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6