Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीमा भएको डरलाग्दो दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्यो, अनुसन्धान गर्दै प्रहरी !

सिड्नीमा भएको डरलाग्दो दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्यो, अनुसन्धान गर्दै प्रहरी !


अष्ट्रेलिया । सिड्नीको दक्षिणपश्चिममा भएको डरलाग्दो दुर्घटनामा परी ज्यान गुमाउने पाँच जनाको पहिचान खुलेको छ । सुरक्षा अधिकारीका अनुसार एन्टोनियो डेसिस्टो, टायरसे बेचार्ड, समर विलियम्स, लिली भान डे पुटे र ग्याबी म्याक्लेननले दुर्घटनामा परेर ज्यान गुमाएका हुन ।

१८ वर्षीय टायरेल एडवर्ड्सले चलाएको निसान नभारा कार मंगलबार बेलुका ८ बजे बक्सटनमा सडक छोडेर रूखसँग ठोक्किँदा यो भयानक दुर्घटना भएको थियो। पिक्टन हाई स्कूलका पूर्व विद्यार्थी एडवर्ड्सलाई सामान्य चोटपटक लागेको अवस्थामा उद्धार गरि लिभरपुल अस्पताल लगिएको थियो। रगत र मादक पदार्थ परीक्षण गरिएको भएपछि रिपोर्ट सार्वजनिक गरिएको छैन । अहिलेसम्म चालकमाथि कुनै अभियोग नलगाइएको र बुधबारबाट सोधपुछ लगायतको प्रक्रिया थालिएको बताइएको छ ।

कार्यवाहक निरीक्षक जेसन होगनले बुधबार पीडितका परिवारहरूसँग संवाद गरिएको जानकारि गराउँदै परिवार गहिरो दुःखमा डुबेको बताउनुभएको छ । न्यु साउथ वेल्स शिक्षा विभागका उपसचिव मुरात डिजदारले यो दुर्घटना अत्यन्तै पीडादायी र चिन्ताजनक भएको बताउनुभएको छ । दुर्घटनामा ज्यान गुमाउनेहरू पिक्टन हाई स्कूलमा ७ वर्षदेखि अध्ययन गरिरहेका विद्यार्थीहरु हुन । एक कार्यक्रममा सहभागि हुन जाँदै गर्दा गाडी दुर्घटनामा परेको बताइएको छ। प्रहरीले दुर्घटनाको कारण बारे थप अनुसन्धान गरिरहेको छ।

दुर्घटनाको कारण खोज्दै प्रहरी अदालतमा मुद्धा
एडवर्ड्ससँग सन २०२१ देखि अस्थायी सवारी चालक इजाजतपत्र मात्रै लिएको पाइएको छ । यो अवधिमा समेत उनीमाथी तीव्र गतिमा सवारी चलाएको भन्दै दुई पटक तीन÷तीन महिना अवधिको लागि निलम्बन गरिएको खुलेको छ । प्रहरीले तिब्र गतिका कारण दुर्घटना भएको हुनसक्ने आँकलनसहित स्थानीय अदालतमा चालक एडवर्ड्ससँग बयान समेत लिएको छ । खतरनाक ड्राइभिंगको पाँचवटा गल्तीकाका कारण पाँच जनाको ज्यान गएको अभियोग लगाइएका चालकमाथीको जमानत बुधबार अस्वीकार भएपनि थप अनुसन्धानपछि स्थानीय अदालतबाट मुद्धा किनारा लाग्ने बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6