Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaआफ्नी आमालाई बचाउन भुमिका खेल्ने ४ वर्षीय अष्ट्रेलियन बालक सम्मानित !

आफ्नी आमालाई बचाउन भुमिका खेल्ने ४ वर्षीय अष्ट्रेलियन बालक सम्मानित !


ब्रिजबेन, अष्ट्रेलिया । ४ वर्षीय बालकले एम्बुलेन्सलाई बोलाएर आफ्नी आमालाई बचाउन भुमिका खेलेको भन्दै सम्मान गरिएको छ । २७ अगस्टमा राष्ट्रिय आपतकालीन नम्बर – ००० – डायल गरेर अपरेटरहरूलाई ‘आमा ढलेको’ खबर गर्दै बचाउन भुमिका खेलेका कारण ४ वर्षीय बालक मोन्टी कोकर सम्मानित हुनुभएको हो ।

बालकलाई आमाले एम्बुलेन्स कसरी बोलाउने भनेर सिकाएको भोलिपल्ट नै आमाको ज्यान बचाउन भुमिका खेलेको पाइएको छ । ‘खबर पछ्याउँदैहामी ठेगानामा पुग्दा ती अबोध बालक हामीलाई बोलाउँदै झ्यालमा बसिरहेका थिए।’ प्यारामेडिक मार्क स्मलले भन्नुभएको छ । घर भित्र मोन्टीले शान्त भई एम्बुलेन्स चालक दललाई आफ्नी आमा वेन्डीलाई चोट लागेको कुरा जानकारि गराउँदै बाहिर निकाल्न मद्दत गरेको बताइएको छ। ती बालकले चाँडै विवेकक प्रयोग गरेका कारण अप्रिय घटना हुन नपाएको भन्दै प्यारामेडिकहरूले मन्टीलाई तस्मानिया पुगेर मंगलबार प्रशंसाको प्रमाणपत्र प्रदान गरेका छन् ।

घटनाको ठीक अघिल्लो दिन ककरले मोन्टीलाई लक वा अनलक फोनबाट एम्बुलेन्स कसरी कल गर्ने भनेर बताउनुभएको थियो । छोराले यो ज्ञान यति छिटै आत्मसात गर्छ भन्ने आशा नै नभएको बताउने ककर अस्वस्थ महसुस गरेको र आफ्नो पतिलाई फोन गर्ने प्रयास गरे पनि नसकेको बताउनुहुन्छ । प्यारामेडिक स्मलले यति सानो बच्चाले एम्बुलेन्स बोलाएको १३ वर्षको सेवा अवधिमा पहिलो पटक अनुभव गरेको बताउनुभएको छ । बालबालिकालाई आपतकालिन सेवा बारे जानकारि गराउने फोनसम्पर्कका लागि सिकाउने अभ्यास जोखिम र दुर्घटना न्युनिकरणमा उपयोगी हुने सुरक्षा अधिकारीहरुले बताएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6