Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपाल अपडेटः कतै छुटाउनु त भएको छैन पढ्नै पर्ने यी प्रमुख खबरहरु !

नेपाल अपडेटः कतै छुटाउनु त भएको छैन पढ्नै पर्ने यी प्रमुख खबरहरु !


काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँटको किचलो, निर्वाचन आयोग भर्सेस अदालत मुद्धा,कर्मचारी सरुवामा दिइएको तिब्रता, माओवादी विरुद्धको प्रहार जारी रहेकाले संघर्ष जारी रहेको प्रचण्डको भनाई, दशैंमा २० औँ लाखले काठमाडौं छोड्ने आँकलनसहितका प्रमुख पाँच खबर यस्ता छन् ।

सत्तागठबन्धन दल सिट बाँडफाँटको सहमति नजिक
सत्तागठबन्धन आबद्ध दलहरु आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँटमा सहमतिको नजिक पुगेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार साँझ बसेको गठबन्धनको बैठकमा सिट बाँडफाँटका विषयमा द्विपक्षीय र त्रिपक्षीय छलफलसँगै सहमति नजिक पुगेको गठबन्धनको कार्यदलका सचिव अधिवक्ता केशवराज जोशीले जानकारी दिनुभयो । चुनावबाट दलहरुलाई प्राप्त मत र केही राजनीतिक विषयलाई समेत मध्यनजर गरेर सबै दललाई सम्मानजनक र न्याय हुनेगरी कार्यदलले सिट बाँडफाँटको खाका बनाएको बताइएको छ ।

सर्वोच्च भर्सेस निर्वाचन आयोग, के हुँदैछ मुद्धा मामिला
सर्वोच्च अदालतले निर्वाचन आयोगबाट राजनीतिक दल वा उम्मेदवारले निर्वाचनमा गर्न पाउने खर्चका सम्बन्धमा हद तोक्ने बारे भएका निर्णय झिकाउन आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको इजलासले खर्चको सम्बन्धमा हद तोक्ने निर्णयको प्रतिलिपि लिई छलफलका लागि आउन आदेश दिएको हो । ‘निर्वाचनको स्वच्छता, निष्पक्षता र पारदर्शिताका लागि राजनीतिक दल र उम्मेदवारहरुले गर्ने निर्वाचन खर्चको महत्वपूर्ण भूमिका हुने भएकाले निर्वाचन ऐन, २०७३ को दफा २४ ले आयोगको निर्वाचनको खर्च हद तोक्ने छ भन्ने बाध्यात्मक व्यवस्था गरेको छ ।’ आदेशमा भनिएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जारी आचारसंहिताविरुद्ध अधिवक्ता कीर्तिनाथ शर्माले दायर गर्नुभएको रिट निवेदनमा अदाललते दुवै पक्षलाई लिखित जवाफसहित उपस्थित हुन भनेको छ ।

किन गरियो एकै दिन ८ सय कर्मचारीको सरुवा ?
प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव नजिकिँदै गर्दा सरकारले एकैदिन झन्डै ८ सय कर्मचारीको सरुवा गरेको छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरिरहँदा सरकारले विभिन्न मन्त्रालय र निकायमा हतारहतारमा कर्मचारी सरुवालाई जारी राखेको हो । यही मंसिर ४ गते तय गरिएको चुनावको तयारीमा निर्वाचन आयोग जुटेर आचारसंहिता सार्वजनिक भैसकेको भएपनि लागू हुन बाँकी छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आचारसंहिता छल्ने उद्देश्यले एकैदिन यति धेरै कर्मचारीको सरुवा गरिएको आँकलन गरिएको छ ।

माओवादी र आफुमाथी प्रहार गर्ने विरुद्ध संघर्ष जारी छ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी र आफुमाथिको प्रहार जनयुद्धदेखि अहिलेसम्म नरोकिएको भन्दै संघर्ष जारी रहेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा सहिद सुरेश वाग्ले (बासु) स्मृति प्रतिष्ठानले काठमाडौंमा गरेको कार्यक्रममा प्रतिक्रियावादीसंगको संघर्षकै कारण माओवादी र आफुमाथिको प्रहार नरोकिएको बताउनुभएको हो । माओवादीलाई अस्थीरताको कारक देखाएर प्रचण्डलाई सिद्धाउनुपर्छ भन्नेहरु सक्रिय रहेको भएपनि जनयुद्धको बाँकी एजेण्डा पुरा गर्नका लागि आफु निरन्तर संघर्षमा रहेको उहाँको धारणा थियो ।

दशैँमा काठमाडौं उपत्यकाबाट २० लाख यात्रु बाहिरिने अनुमान
नेपाल यातायात व्यवसायी राष्ट्रियय महासंघले यस वर्षको दशैँमा काठमाडौं उपत्यकाबाट करिब २० लाख यात्रु बाहिरिने आँकलन गरेको छ । कोभिड–१९ प्रभाव कम भएकाले दशैँ मनाउन गाउँ जानेहरु बढ्नसक्ने महासंघका अध्यक्ष विजय स्वाँरले जानकारी दिनुभएको हो । असोज १ गतेदेखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुला भएपनि तत्काल अनलाईन टिकटको व्यवस्था भने नहुने यातायात व्यवसायीले बताएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6