Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaकेही दिनमै नेपाल फर्किने घोषणासहित क्रिकेटर सन्दीपले पहिलो पटक बोले यस्तो !

केही दिनमै नेपाल फर्किने घोषणासहित क्रिकेटर सन्दीपले पहिलो पटक बोले यस्तो !


काठमाडौं । नाबालिक बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेले आफुमाथि लागेको सबै निराधार आरोपहरूको सामना गर्न तयार रहेको प्रतिक्रिया दिनुभएको छ । आफू निर्दोष रहेको बताउँदै सीपीएलबाट बिदा लिएर केही दिनमै स्वदेश फर्कने निर्णय लिएको क्रिकेटर सन्दीपले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत सार्वजनिक गरेका हुन ।

सन्दीपले फेसबुक र ट्वीटरमा लेख्नुभएको छ, ‘म निर्दोष छु र नेपालको सम्मानजनक कानुनमा पूर्ण विश्वास राख्छु। मैले सीपीएलबाट बिदा लिएर केही दिनमै स्वदेश फर्कने निर्णय गरेको छु। म यी सबै निराधार आरोपहरूको सामना गर्न तयार छु। न्याय मिलोस्। सबैमाथि निर्दोष र सही छानबिन होस्, कानूनले सबैलाई समान रूपमा कारबाही गर्ने आशा छ।’

अदालतको अनुमतिमा नेपाल प्रहरीले बिहीबार नै सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ। पक्राउ पुर्जी जारी हुने बित्तिकै नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई नेपाली राष्ट्रि क्रिकेट टिमको कप्तानबाट निलम्बन गरेको थियो । लामिछानेमाथी १७ वर्षीय एक नाबालिगले आफूमाथी बलात्कार भएको भन्दै मंगलबार प्रहरीमा उजुरी दर्ता गराएकी छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6