Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaराजदूतावासलाई अष्ट्रेलियाका सबै नेपालीको अभिभावक बनाउँछौँ : राजदूत पोखरेल

राजदूतावासलाई अष्ट्रेलियाका सबै नेपालीको अभिभावक बनाउँछौँ : राजदूत पोखरेल

अष्ट्रेलियामा नेपाली बैंकको शाखा विस्तार गर्न आग्रह


ब्रिजबेन । अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले आफू र राजदूताबास अष्ट्रेलियामा रहेका सबै नेपालीहरुको अभिभावक बन्ने प्रतिबद्धता जनाउनुभएको छ । बिहिबार भिक्टोरियाका महावाणिज्यदुत चन्द्र योञ्जनले औपचारिक रुपमा राजदूतलाई स्वागत गर्न आयोजना गरेको कार्यक्रममा पोखरेलले यस्तो प्रतिबद्धता जनाउनुभएको हो ।

राजदूत पोखरेलले भन्नुभयो– ‘राजदूतावास सबै नेपाली समूदायको अभिभावक, विभेदरहित रुपमा सबैलाई आवश्यक पर्ने सबै खालका सहयोग गर्ने, जात, धर्म, पेसा, वर्ग वा राजनीतिक संघ संगठनका हिसाबले बिभेद नहुने अभिभावकिय संस्थाका रुपमा रहनेछ ।’ यसअघि राजनीतिक नियुक्तिबाट आउने राजदूतहरु एनआरएनएसँगै विभिन्न क्षेत्रीय कार्यक्रममा सहभागिता र सक्रियता जनाउँदा विभेदपूर्ण व्यवहार गरेको भन्दै आलोचित बन्ने गरेका थिए । विभेदको प्रबृत्ति सुधार्नुलाई राजदूत पोखरेलले प्राथमिकता रहेको बताउनुभएको छ ।

अनौँपचारिक रुपमा नेपालबाट आउने विद्यार्थीसँगै २ दशमलब ७ बिलियन डलर अष्ट्रेलिया भित्रिने गरेको बताउँदै राजदूत पोखरेलले बैंकिङ च्यानलबाट निक्कै कम पैसा मात्रै नेपाल फर्किने गरेको बताउनुभयो । उहाँले बैधानिक रुपमा आम्दानी गरेको पैसा बैंक, आइएमी लगायतका औपचारिक च्यानबाट पठाउन आग्रह गर्नुभएको थियो । हुण्डीमार्फत पैसा पठाउने क्रम बढेको प्रशंगमा राजदूत पोखरेलले यो आशय व्यक्त गर्नुभएको आँकलन गरिएको छ ।

नेपाली बैंकको सेवा कार्यालय अष्ट्रेलियामा समेत बिस्तार गर्न कार्यक्रममा सहभागि विभिन्न बैंकका उच्च व्यवस्थापकसँग समेत राजदूत पोखरेलले आग्रह गर्नुभएको थियो । कार्यक्रममा अध्ययनका क्रममा आएका ३० बढी विभिन्न बैंकका उच्च व्यवस्थापकलाई महावाणिज्यदूत योञ्जनले स्वागत गर्नुभएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6