Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअब डिजिटल कार्डमार्फत ई–भिसाको शुल्क भुक्तानी, क–कस्ले पाउँछन यो सुविधा ?

अब डिजिटल कार्डमार्फत ई–भिसाको शुल्क भुक्तानी, क–कस्ले पाउँछन यो सुविधा ?


काठमाडौं । नेपालीले डिजिटल कार्डमार्फत इलेक्ट्रोनिक भिसा (ई–भिसा) को शुल्क भुक्तानी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले एक परिपत्र जारी गर्दै यस्तो सुविधा उपलब्ध गराउन निर्देशन दिएको हो ।

यसअघिसम्म ई–भिसाको शुल्क विद्युतीय कार्डमार्फत भुक्तानी गर्नसक्ने व्यवस्था थिएन । अब कुनै नेपाल स्थित विदेशीय नियोग ई– भिसाको शुल्क विदुतीय माध्यमबाट भुक्तानी गर्ने व्यवस्था गर्छ भने त्यसको शुल्क विद्युतीय कार्डमार्फत भुक्तानी गर्न सक्नेछन् । यस्तो रकम भने सम्बन्धित कूटनीतिक नियोग वा संस्थाको नेपालस्थित खातामा जम्मा हुनुपर्ने राष्ट्र बैंकले जानकारि दिएको छ । ‘ई–भिसा प्रणालीबाट भिसा आवेदन लिने व्यवस्था गरेका मुलुकले सो कार्य गर्न नेपालस्थित अन्य संस्थालाई तोकेमा तोकिएका शर्तहरु पालना हुने गरी त्यस्ता तोकिएका संस्थाहरुमार्फत् भिसा बापत संकलित रकमको लागि बैंक तथा वित्तीय संस्थाबाट जारी विद्युतीय\डिजिटल कार्डमार्फत सटही सुविधा प्रदान गर्न सकिने छ’ राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको परिपत्रमा उल्लेख छ ।

उल्लेखित भुक्तानीको व्यवस्था स्पष्टरुपमा खुल्ने सम्बन्धित मुलुक वा नेपालस्थित दूतावास-नियोगको पत्र समेत आवश्यक पर्ने भनिएको छ । यस्तो कार्डबाट अन्य कुनै पनि प्रयोजनका लागि भुक्तानी नहुने व्यवस्था बैंकहरुले गर्नुपर्नेछ । यस्तो कार्डको म्याद ई–भिसा प्रक्रिया सम्बन्धी कार्य गर्नका लागि तोकिएको अवधिभन्दा बढी नहुने गरी जारी गर्नुपर्ने राष्ट्र बैंकले उल्लेख गरेको छ । यस्तो भिसा शुल्कबापत संकलित रकम त्यस्तो कार्डबाट भुक्तानी हुने गरी सिधै विदेशी मुलुकका सरकारी निकायको तोकिएको परिवर्तित विदेशी मुद्राको खाता वा सम्बन्धित देशको नेपालस्थित दूतावास-नियोगको तोकिएको परिवर्त्य विदेशी मुद्राको खातामा मात्र जम्मा गर्न गराउन राष्ट्र बैंकले भनेको छ ।

‘ई– भिसा प्रणाली अन्तर्गत भिसा आवेदक नेपालीले ई–भिसा प्रणालीमा तोकिए बमोजिम शुल्क भुक्तानी (आफ्नो एकाघर परिवार सदस्यको लागि समेत) आफ्नो नाममा एकीकृत परिपत्र ०७-२०७८ र १४-२०७८ बमोजिम जारी भएका परिवर्त्य विदेशी मुद्राको विद्युतीय कार्ड (प्रिपेड, डेबिट, क्रेडिट, अमेरिकी डलर ५०० को प्रिपेड कार्ड) बाट गर्न चाहेमा समेत भुक्तानी गर्न सकिने व्यवस्था मिलाउनु पर्नेछ’ परिपत्रमा भनिएको छ । यस व्यवस्था अन्तर्गतको भुक्तानीमा भने सम्बन्धित कार्डका लागि तोकिएको रकम खर्च गर्ने सीमा लागू हुने जनाइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6