Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा राहदानी तथा अधिकृत वारिसनामासम्बन्धी घुम्ती सेवा सञ्चालन हुँदै !

अष्ट्रेलियामा राहदानी तथा अधिकृत वारिसनामासम्बन्धी घुम्ती सेवा सञ्चालन हुँदै !


अष्ट्रेलियास्थित नेपाली राजदूतावासले क्यानबेराबाट टाढा अर्थात अष्ट्रेलियाका विभिन्न राज्यहरुमा बसोबास गर्दै आउनुभएका नेपालीहरुलाई राहदानी तथा अधिकृत वारिसनामासम्बन्धी घुम्ती सेवाको सुविधा दिने भएको छ । नेपाली राजदूतावास, क्यानबेराले जारी गरेको सूचना अनुसार नोभेम्बर ७, ८ र ९ मा तास्मानिया (Tasmania) र ११, १२ र १४ नोभेम्बरमा ब्रिसबेन (Brisbane) मा घुम्ती सेवा सञ्चालन हुनेभएको हो ।

दूतावासले जारी गरेको सूचना अनुसार घुम्ती सेवा सञ्चालनको विवरण :

1. Tasmania E-Passport Application:

Date: 7 November 2022 (Time: 09:00 hrs-17:00 hrs) (अधिकतम २८ जना) Date: 9 November 2022 (Time: 09:00 hrs- 17:00 hrs (अधिकतम २८ जना) Venue: TBC Power of Attorney: Date: 8 November 2022 (Time: 09:00 hrs- 12:00 hrs) Venue: TBC नाम दर्ता (Registration) का लागि NRNA, Tasmania मा सम्पर्क गर्नुहोस् ।

2. Brisbane E-Passport Application:

Date: 11 November 2022 (Time: 09:00 hrs-17:00 hrs) (अधिकतम २८ जना) Date: 12 November 2022 (Time: 09:00 hrs- 17:00 hrs (अधिकतम २८ जना) Venue: Queensford College, 2/359 Queen St., Brisbane City, QLD 4000 Power of Attorney: Date: 14 November 2022 (Time: 09:00 hrs- 12:00 hrs Venue: Queensford College, 2/359 Queen St., Brisbane City, QLD 4000

नाम दर्ता (Registration) का लागि देहायको नम्बरमा सम्पर्क गर्नुहोस्:

Binod Acharya: 0432430051 Santosh Kunvar: 0425326404 Umesh Khadka: 0416692737

घुम्ती सेवामा विद्युतीय राहदानी (e-Passport) को आवेदन दिने तरिका

दूतावासको वेब पेजमा दिइए अनुसार https://emrtds.nepalpassport.gov.np/ मा गई राहदानीका लागि अनलाइन आवेदन फाराम भर्नुहोस् । फाराम भर्दा आवेदन दिने स्थान NE, Canberra छनौट गर्नुहोस् । माथि उल्लिखित मितिमा समय उपलब्ध नहुन सक्छ । तसर्थ October वा November महिनाको उपलब्ध कुनै पनि मितिमा Appointment छनौट गर्नुहोस् । अक्टोबर महिनाको appointment booking सेप्टेम्बर १५ मा खुला भईसकेको र नोभेम्बर महिनाको appointment booking अक्टोबर १५ मा खुला हुनेछ । अक्टोबर वा नोभेम्बरको जुनसुकै मितिको appointment भए पनि घुम्ती सेवाको तोकिएको दिनमा नै biometrics दिन उपस्थित हुनुहोला ।

Appointment Date and Time छनौट गरिसकेपछि अनलाईन फाराम भर्नुहोस् र सबै विवरण भरिसकेपछि PDF फाराम Download गर्नुहोस् । – डाउनलोड गरिएको फारामको दायाँपट्टि छेउमा र bottom मा बारकोड हुन्छ । उक्त बारकोडसहितको फारामको clear photo वा PDF copy, राहदानीको फोटोकपी र नागरिकताको फोटोकपी attach गरी October 31 अगावै Verification का लागि दूतावासको इमेल consular.canberra@mofa.gov.np मा पठाउनुहोस् । (दूतावासद्वारा फाराम verification नगरी तपाईँले भर्नुभएको details/data लाई retrieve गर्न नसकिने र सो नभई biometrics लिन नसकिने भएकोले आवेदन दिन सकिँदैन । अतः फारामलाई verification को लागि अक्टोबर ३१ भित्र दूतावासमा पठाउनुहोस् । डाउनलोड गरिएको फारामको प्रिन्ट प्रति तथा अन्य आवश्यक कागजातसहित माथि उल्लिखित स्थानहरूमध्ये आफूलाई अनुकूल हुने स्थान र समयमा स्वयं आउनुहोस् । (फाराम भर्दा छनौट गरेको मितिमै आउनुपर्ने होईन ) तोकिएको स्थानमा तपाइँको राहदानी आवेदनका लागि आवश्यक कागजातहरू रूजु भइसकेपछि तोकिएको fee नगदमा बुझाउनुपर्नेछ ।  राहदानी सेवा सम्बन्धी अन्य प्रक्रिया, आवश्यक कागजात दूतावासमा नियमित आवेदन दिँदा गरिने प्रक्रिया सरह हुने छ ।

यसका लागि https://au.nepalembassy.gov.np/passport/ मा हेर्नुहोस् । ५ वर्ष वा सोभन्दा कम उमेरका नाबालकहरूको biometrics लिनु नपर्ने र निजहरूको e-Passport application हुलाकबाटै पठाउन सकिने भएकोले त्यस्ता आवेदकहरूलाई घुम्ती सेवा उपलब्ध नहुने ब्यहोरा जानकारी गराइन्छ ।

E-Passport application का लागि आवश्यक कागजातहरूः

५ वर्षभन्दा बढी उमेरका नाबालक (Minor) हरूको राहदानी नवीकरणका लागि १. नाबालक परिचयपत्र सक्कल वा सोको प्रष्ट बुझिने फोटोकपी (नाबालक परिचयपत्र बनाइनसकेको भए अष्ट्रेलियन जन्म दर्ता प्रमाणपत्र र सोको फोटोकपी) २. हालको राहदानी सक्कल ३. Valid Visa ४. नाबालकको बाबुको नागरिकता वा राहदानीको फोटोकपी

वयस्क (Adult) हरूको राहदानी नवीकरणका लागि १. नेपाली नागरिकता प्रमाणपत्र सक्कल वा सोको प्रष्ट बुझिने फोटोकपी २. हालको राहदानी सक्कल ३. Valid Visa

हराएको राहदानी replacement का लागि १. नेपाली नागरिकता प्रमाणपत्र सक्कल वा सोको प्रष्ट बुझिने फोटोकपी २. हराएको राहदानीको फोटोकपी ३. Valid Visa ४. स्थानीय प्रहरीलाई राहदानी हराएको सम्बन्धमा report गरेको प्रमाण

Damaged passport को replacement को लागि १. नेपाली नागरिकता प्रमाणपत्र सक्कल वा सोको प्रष्ट बुझिने फोटोकपी २. Damaged passport सक्कल ३. Valid Visa अधिकृत वारिसनामा

प्रमाणीकरणका लागि आवश्यक कागजातहरूका बारेमा जानकारी लिनका लागि https://au.nepalembassy.gov.np/power-of-attorney/ मा हेर्नुहोस् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6