Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपाली फिल्म प्रेमगीत–३ ले इतिहास रच्दै, अष्ट्रेलियाका ८ शहरसहित कहाँ-कहाँ हुँदैछ प्रदर्शन ?

नेपाली फिल्म प्रेमगीत–३ ले इतिहास रच्दै, अष्ट्रेलियाका ८ शहरसहित कहाँ-कहाँ हुँदैछ प्रदर्शन ?


ब्रिजबेन,काठमाडौं । प्रेमगीत–३ ले नेपाली चलचित्र इतिहासकै पहिलो इन्डो–नेपाली फिल्मका रुपमा इतिहास रच्ने भएको छ । सेप्टेम्बर २३ मा अष्ट्रेलियाका ८ शहरहरु न्यु साउथ वेल्स, भिक्टोरिया, क्विन्सल्याण्ड, साउथ अष्ट्रेलिया, अष्ट्रेलियन क्यापिटल टेरिटोरी, वेस्टर्न अष्ट्र्रेलिया, नर्थन टेरिटोरी र तास्मानियामा फिल्म प्रदर्शन हुँन लागेको हो ।

अष्ट्रेलियामा अंग्रेजी तथा हिन्दी भाषाकै सरह विभिन्न सहरमा पहिलो पटक नेपाली फिल्म प्रदर्शन हुन लागेको बताइएको छ । अष्ट्रेलियाका २० हलमा प्रदर्शन हुने निश्चित भएको छ । नेपालमा बनेको बहुप्रतिक्षति फिल्म प्रेमगीत–३ हिन्दी भाषामा नै भारतका हलहरूमा पनि २३ सेप्टेम्बरमा प्रदर्शन सुरु हुँदैछ । यस्तै, उर्दू भाषामा समेत डबिङ गरिएको फिल्म पाकिस्तानमा पनि एकसाज रिलिज हुने निश्चित भइसकेको छ। जापानमा समेत यो चलचित्रको प्रदर्शनी निश्चित भएको छ ।

सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको फिल्म निर्देशनमा सेनले स्वर्गीय छेतेन गुरुङसँग सहकार्य गरेका छन्। फिल्मको कथा पनि निर्देशक गुरुङले नै तयार पारेका छन् । प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको दमदार अभिनय देख्न सकिन्छ।

राजेश श्रेष्ठ र पुरुषोत्तम प्रधानले छायांकन गरेको फिल्मलाई सञ्जय स‌ंक्ला, बनिष शाह र भुपेन्द्र अधिकारीले सम्पादन गर्नुभएको छ । पहिलो पटक एकसाथ विदेशका धेरै हलहरुमा प्रदर्शन हुने निश्चित भएको प्रेम गित–३ पहिलोपटक हिन्दी संस्करणमा प्रदर्शन हुन लागेको हो।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6