Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaतास्मानियाको किंग आइल्याण्डमा सयौँ ह्वेल फसेको आशंका, १४ वटा मृत भेटिए !

तास्मानियाको किंग आइल्याण्डमा सयौँ ह्वेल फसेको आशंका, १४ वटा मृत भेटिए !


अष्ट्रेलिया । उत्तरी तास्मानियाको किंग आइल्याण्डमा १४ वटा साना ह्वेलहरू मरेको अवस्थामा किनारामा भेटिएका छन भने सयौँ फसेको आशंका गरिएको छ । तास्मानियाको प्राकृतिक संसाधन र वातावरण विभागका अनुसार साना भाले जातिका देखिने १४ मृत ह्वेलहरू टापुको पश्चिमी तटमा देखिएका हुन्।

वन्यजन्तु जीवविज्ञानीहरू र पशु चिकित्सकहरू अनुसन्धान गर्न टापु क्षेत्रमा पुगेका छन् । अहिले उक्त टापु पार्क र वन्यजन्तु सेवाका कर्मचारीहरूको निगरानीमा रहेको बताइएको छ । प्राकृतिक संसाधन र वातावरण विभागले यस क्षेत्रमा शुक्राणु ह्वेलहरू देखिनु असामान्य नभएको र यस क्षेत्रमा अन्य ह्वेलहरू छन् कि छैनन् भनेर हवाई सर्वेक्षण गरिने जानकारि दिएको छ । सर्फरहरू र पौडी खेल्नेहरूलाई पनि तत्काल शार्कहरूबाट जोगिन अनुरोध गरिएको छ।

दुई वर्षअघि अर्थात २०२० को सेप्टेम्बरमा म्याक्वेरी हार्बरको स्यान्डबारमा ४७० लामो फिन भएका पाइलट ह्वेलहरू फेला परेका थिए जुन अष्ट्रेलियामा रेकर्ड गरिएको सबैभन्दा ठूलो मास स्ट्र्यान्डिङ भनिएको थियो । एक हप्ता लामो उद्धार प्रयासबाट १११ ह्वेलहरू बचाउन सकिएको थियो। ३५० भन्दा बढी ह्वेल मरेको अवस्थामा नष्ट गरिएका थिए ।

अहिले पनि सम्भावित जोखिमलाई मध्यनजर गरेर आवश्यक सतर्कतासहित उद्धार कार्य अघि बढाइने बताइएको छ । केही ह्वेल मृत भेटिएपनि के कति संख्यामा फसेका छन भन्ने एकिन गर्न सकिएको छैन । Photo By: abc.com.au



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6