Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नी आगलागीमा घाइते नेपाली विद्यार्थीको उपचारमा आर्थिक अभाव, यसरी सहयोग गरौँ !

सिड्नी आगलागीमा घाइते नेपाली विद्यार्थीको उपचारमा आर्थिक अभाव, यसरी सहयोग गरौँ !


ब्रिजबेन । एक साता अघि अष्ट्रेलियाको सिड्नीमा भएको आगलागीमा परेर घाइते भएका नेपाली युवा छन्दक पुन मगरको उपचारका लागि सहयोग जुटाउन गोफण्ड मी अभियान थालिएको छ । आर्थिक अभावमा गुज्रिएका घाइते पुन मगरका आफन्त अनिल घर्तीले ताजमानियाबाट सहयोग संकलनका गोफण्ड मीमा खाता खोलेर अभियान थाल्नुभएको हो ।

दुबै हात जलेको र घाटीमा समेत जलन भएका पुन मगरको १२ प्रतिशत जलेको उपचारमा संलग्न चिकित्सकले जानकारि दिनुभएको छ । इन्सुरेन्सबाट पूरै आर्थिक साथ नमिल्ने भएकाले हातको अप्रेसन गर्नका लागि सहयोगका लागि गोफण्ड मी मार्फत सहयोगका लागि आह्वान गरिएको छ । घाइते विद्यार्थीको रोयल नर्थ सोर अस्पतालमा उपचार भैरहेको बताइएको छ । उपचारपछि नेपाल फर्किएर आराम गर्ने योजनामा छन्दक रहेका छन् । यो समाचार तयार पार्दासम्म छन्दकका लागी ३५ हजार अष्ट्रेलियन डलर बराबर सहयोग जुटाउन खोलिएको गो फण्डमी खातामा साँढे ४ हजार अष्ट्रेलियन डलर संकलन भैसकेको छ ।

न्यू साउथ वेल्समा केही महिनादेखि साथीसँग बस्दैआएका नेपाली विद्यार्थी छन्दकको उपचारमा सहयोग गर्न चाहानुहुन्छ गोफण्ड मी को यो लिंकमा जानुहोस् ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6