Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा करोडौँ नागरिकको व्यक्तिगत बिवरण चोरी, यसरी बचौँ थप स्क्यामबाट !

अष्ट्रेलियामा करोडौँ नागरिकको व्यक्तिगत बिवरण चोरी, यसरी बचौँ थप स्क्यामबाट !


ब्रिजबेन। अष्ट्रेलियाको टेलिकम्युनिकेसन कम्पनी अप्टसको सिस्टम ह्याक गरेर १० हजार प्रयोककर्ताहरूको व्यक्तिगत विवरणहरू सार्वजनिक गरिएको छ। एक साता अघि सिस्टम ह्याक गरेर करोडौँ व्यक्तिगत विवरण कब्जा गरेको दाबी गरेका ह्याकरले जन्म मिति, राहदानी र चालक अनुमतिपत्र नम्बर र ठेगानाहरू लगायतका विवरण सार्वजनिक गरेका हुन ।

ह्याकरले साइबर आक्रमबारे जानकारी गराएसँगै कम्पनीले नै गत बिहीबार करिब १ करोड वर्तमान र पूर्व ग्राहकहरूको डाटा पहुँच कब्जा गरेको स्विकार गरेको थियो । ह्याकरले विवरणहरू फिर्ता गर्न अहिलेसम्म पनि नगद माग गरिरहेको बताइएको छ । १.५ मिलियन डलर नदिएसम्म दैनिक उनीहरूले व्यक्तिगत विवरण सार्वजनिक गरिरहने भन्दै धम्की दिएको टेलिकम्युनिकेसन कम्पनी अप्टसले जनाएको छ । साइबरसेक्युरिटी विशेषज्ञ निगेल फेयरले ग्राहकहरूको लागि सबैभन्दा कठिन समय भएको बताउँदै डार्क वेबमा गएर न हेरेसम्म यसबारे प्रष्ट हुन नसकिने जानकारि दिनुभएको छ ।

ओप्टसले प्रभावित प्रत्येक ग्राहकलाई सम्पर्क गरेर कसैले कुनै लिंक ओपन गर्न भनेको अवस्थामा स्क्याम हुने खतरा रहेको भन्दै ओपन नगर्न सचेत गराएको छ। स्क्यामको कब्जामा परेकाहरुको सवारि चालक अनुमती पत्रको नम्बर परिवर्तन गर्न राज्य सरकारले निशुल्क सहयोग गर्ने प्रतिबद्धता जनाइरहेका छन् । यता, अष्ट्रेलियाको संघिय सरकारले समेत ह्याकरविरुद्धको कानुनी प्रक्रिया अघि बढाएको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6