Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsनेपाली विद्यार्थीलाई सिड्नीमा सहुलियत कफि तालिम ।

नेपाली विद्यार्थीलाई सिड्नीमा सहुलियत कफि तालिम ।


सिड्नी
काम नपाउदा सन्देश श्रेष्ठले सुरुवाती समयमा अष्ट्रेलियामा निकै तनाव झेले । सन् २०१७ मा काठमाडौबाट अध्ययनका लागि सिड्नी उत्रिएका श्रेष्ठले सरसफाइदेखि भान्सा सहयोगीसम्मको काम गरे । तर, भनेजस्तो सिफ्ट र आम्दानी नभएपछि बस्नखान नै समस्या पर्न थाल्यो ।

बारिष्टा प्रशिक्षक सन्देश श्रेष्ठ

तर, एक वर्ष अघि कफि बनाउने तालिम (बारिष्टा) लिएपछि चाहि २१ वर्षीय सन्देशको जिवन नै परिवर्तन भएको छ । भिजन फर मोटिभेसन नामक नेपाली युवाहरुको संस्था भिएफएमले वेरोजगार नेपाली विद्यार्थीलाई कफि तालिम दिएर रोजगारका लागि योग्य बनाउन गत वर्षमात्रै अभियान सुरु गरेको छ ।

अभियानको पहिलो समुहमा सन्देश पनि सहभागी भएर कफि बनाउने तालिम लिएका हुन् । राम्रो जागिरका लागि भौतारिएका सन्देशलाई कफि तालिमले काम गर्यो । उनले स्टारबक्समा काम पाए । सुपरभाइजर समेत भएर काम छोडी अहिले अर्कै क्याफेमा हेड बारिष्टा भएर काम गर्छन् ।
“मैले किचन हेण्डदेखि क्लिनिङको काममा निकै दुख गरे भनेको जस्तो आम्दानी भएन”– सन्देशले भने –“बारिष्टाको काम गरेदेखि नै अलि सजिलो भएको छ” ।

उनीसंगै तालिम लिएका ९० जना नेपाली विद्यार्थीहरुले पनि बारिष्टा काम गरेर गुजारा गर्न सफल भएका छन् ।तीनै सन्देश शनिवार सिड्नीको क्लाइड रेल वे स्टेसनमा आफु जस्तै नेपाली विद्यार्थीहरुलाई बारिष्टा तालिम दिइरहेको भेटिए ।

नेपाली विद्यार्थीलाई कफि सिकाउदै सन्देश

भिएफएमले नेपाली विद्यार्थीलाई तालिम दिन कै लागि व्यवसायी राजु गुरुङसंगको सहकार्यमा क्लाईडमा क्याफे खोलेको छ । समस्यामा परेका विद्यार्थीलाई तालिम दिन पाउदा खुसी लागेको सन्देशले बताए । “म पनि पहिला यसै गरि भौतारि रहेको थिए” -सन्देशले भने –“यो तालिम पनि अरु साथीहरुको पनि जिवन मेरो जस्तै सहज हुने मेरो विश्वास छ” ।

शनिवारबाट सुरु पहिलो तालिममा विद्यार्थीहरु रमिता तामाङ, किरण इम्बुङ र सागर पौडेल सहभागी भएका छन् । १० घण्टाको प्रशिक्षणमा एक पटकमा तीन जना सहभागी हुन पाउने व्यवस्था गरिएको भिएफएमले जनाएको छ ।
जता जागिर खोज्दा पनि सिप खोजेपछि आफुले बारिष्टाको तालिम लिन लागेको रमिताले बताइन् । बारिष्टाको तालिम पछि सजिलै जागिर पाइने उनको आशा छ ।

तालिमका लागि विद्यार्थीले ९० डलर शुल्क तिर्नुपर्छ । यो शुल्क अन्तभन्दा निकै सस्तो भएको भिएफएमले जनाएको छ । तालिमपछि ग्राहक सेवाको अनुभवका लागि केही समय क्याफेमै कामको अभ्यास समेत गराउने भएकाले विद्यार्थीहरुले अन्त सजिलै जागिर पाउने संभावना रहेको भिएफएमका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिनुभयो ।

तालिम केन्द्र क्याफे उद्घाटनमा सहभागीहरु

भिएफएमले यस अघि अन्य कफि विद्यालयसंग मिलेर तालिमको आयोजना गर्दै आएको थियो । तर, त्यहा विद्यार्थीले ग्राहक सेवाको ज्ञानको अभाव तथा प्रसस्त समय सिक्ने मौका पनि नपाएको गुनासो बढेपछि आफ्नै क्याफे खोल्नु परेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

उज्जवल भविष्यको सपना बोकेर अष्ट्रेलिया उत्रिएका नेपाली विद्यार्थीहरु जागिर नपाएर तड्पिनु सामान्य बनेको छ । यहाको श्रम बजारको माग अनुसारको सिप नहुनु, भाषाको समस्या तथा चिनेजानेको मान्छे नहुदा नया“ विद्यँर्थीका लागि जागिर पाउनु फलामको चिउरो बन्ने गर्छ । नेपालको चिया जस्तै अष्ट्रेलियामा कफि संस्कृती छ । सडक गल्ली र ठुला मलहरुमा जताततै खुलेका कफि पसलका लागि चाहिने दक्ष जनशक्ति बारिष्टाको सिप भएमा अष्ट्रेलियामा जागिर पाउन खासै समस्या हुदैन । त्यसैलाई मध्यनजर गरेर स्थानिय नेपाली व्यवसायीसंग मिलेर विद्यार्थीका लागि तालिम सुरु गरेको भिएफएमका संस्थापक महेश प्रसाई (म्याक्स) ले जानकारी दिनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6