Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाको द स्टार क्यासिनोले तिर्यो १० करोड डलर जरिवाना, यस्तो रहेछ वास्तविकता !

अष्ट्रेलियाको द स्टार क्यासिनोले तिर्यो १० करोड डलर जरिवाना, यस्तो रहेछ वास्तविकता !


ब्रिजबेन । अष्ट्रेलियाको दोस्रो ठूलो क्यासिनो द स्टारलाई १० करोड डलर जरिवाना गराइएको छ । एनएसडब्ल्यु इन्डिपेन्डेन्ट क्यासिनो कसिसन एनआईसीसी ले द स्टारको क्यासिनो इजाजतपत्र निलम्बनसहित १० करोड डलर जरिवानाको घोषणा गरेको हो।

इजाजत पत्र निलम्बन भएपनि स्टारले सञ्चालन जारी राख्न सक्षम हुने कमिसनका प्रमुख आयुक्त फिलिप क्रफोर्डले जानकारि दिनुभएको छ । निलम्बन अक्टोबर २१ शुक्रबार बिहान ९ बजेदेखि लागू हुने बताइएको छ । ‘एनआईसीसीले उक्त इजाजतपत्रको नियन्त्रणमा द स्टार रहनु सार्वजनिक हितमा नरहेको र द स्टार हाल इजाजतपत्र धारक हुन उपयुक्त नभएको निर्णय गरेको छ।’ प्रमुख आयुक्त क्रफोर्डले भन्नुभएको छ । ‘शेयरधारकहरूलाई स्टारको सार्वजनिक सञ्चार र एनआईसीसीको कारण देखाउ सूचनामा पेश गर्नुले इजाजतपत्र जोगाउन र यसमा निर्भर रहेका धेरै कामहरू सुरक्षित गर्न प्रयास गर्न एनआईसीसीसँग खुला र पारदर्शी रूपमा काम गर्ने इच्छा देखाएको छ।’

एनआईसीसीले स्टारको दीर्घकालीन भविष्यको जाँच गर्न निकोलस वीक्सलाई प्रबन्धकको रूपमा नियुक्त गरेको छ। स्टारले एनआईसीसीलाई विश्वास दिलाउन आवश्यक सुधारहरू गर्न सक्ने सम्भावना रहेमा यथास्थितिमा सञ्चालन हुनेछ । द स्टारका केही कर्मचारीहरू आपराधिक गतिविधिमा संलग्न भएको र अपराधिक गतिबिधिलाई सघाएको अध्ययन रिपोर्टका आधारमा १० करोड डलर जरिबाना तिराइएको एनआईसीसीले जनाएको छ ।

अनुसन्धान प्रतिवेदन जारी गर्दै प्रिमियर डोमिनिक पेरोटेटले क्यासिनोको आचरणलाई भयानक भन्दै निन्दा गर्नुभएको थियो । स्टारका नयाँ सीईओ रोबी कुकले आचरण सुधार गर्छन वा विगतकै पुनराबृत्ति हुन्छ ? परिक्षा सुरु भएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6