Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीको पहिलो नेपाली रियल स्टेटको शाखा सेन्ट्रल कोष्टमा पनि खुल्यो

सिड्नीको पहिलो नेपाली रियल स्टेटको शाखा सेन्ट्रल कोष्टमा पनि खुल्यो


सिड्नी/न्यु साउथ वेल्सको सेन्ट्रल कोष्टमा नेपालीको पहिलो रियल स्टेट कम्पनी खुलेको छ । केही दिन अघि विस रियल स्टेटको नामको कम्पनीको कार्यालय खुलेको हो । गैर आवासिय नेपाली संघ ओसियानाका क्षेत्रिय संयोजक दिनेश जोशी र एनआरएनए न्यु साउथ वेल्सका संयोजक देव गुरुङले कार्यलयको संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो ।

सन् २०१५ मा स्थापना भएको ‘विस रियल स्टेट’ कम्पनी सिड्नीमा खुलेको नेपालीको पहिलो भएको यसका संचालक मध्येका एक कल्याण कँडेलले जानकारी दिनुभयो । कँडेलकै सक्रियतामा सेन्ट्रल कोष्टको गसफोर्डमा कम्पनीको शाखा खुलेको हो ।
शखामा आवद्ध ६ जना मध्ये ५ जना सेन्ट्रल कोष्टमै बस्दै आएका र विगत देखि नै घरजग्गा कारोबारमा संलग्न रहेका नेपाली भएको विज्ञप्तीमा भनिएको छ । सेन्ट्रल कोष्ट शाखाको प्रमुखमा शिविर श्रेष्ठ रहेका छन् भने रजत श्रेष्ठ, विकास काफ्ले, बिनोद गौतम, प्रमोद न्यौपाने र असिम गौतम निर्देशक हुनुहुन्छ ।

पारामाट्टादेखि गसफोर्डसम्म छिट्टै द्रुत रेल सेवा सुरु भई सिड्नीबाट एक घण्टामा यात्रा गर्न सकिने, पिआरको लागि रिजनल पनि भएकाले नेपालीको जनसंख्या बढिरहेको हुनाले रियल स्टेटको शाखा खोलिएको संस्थापक कल्याण कँडेलले बताउनुभायो । छिट्टै अन्य राज्य र शहरहरुमा समेत शाखा विस्तार गर्ने तयारी रहेको कँडेलको भनाई छ । सिड्नीको सेभन हिलबाट सुरु भएको विस रिलय स्टेटले घरजग्गाको कारोवार, भाडाको व्यवस्थापन लगायतको सेवा दिदै आएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6