Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsभ्रमण वर्ष २०२० सफल पार्न लेवर सांसद लिण्डा बर्नी नेपाल घुम्न जाने

भ्रमण वर्ष २०२० सफल पार्न लेवर सांसद लिण्डा बर्नी नेपाल घुम्न जाने


सिड्नी

नजिकिदो संघिय निर्वाचनमा नेपालीमूलका नागरिकको मत आफुतिर तान्न अष्ट्रेलियाका नेताहरुले विभिन्न आकर्षक घोषणाहरु गर्ने क्रम बढेको छ ।

यसैबिच लेवर पार्टीकी सांसद तथा उमेद्वार लिन्डा बर्नीले सन् २०२० मा नेपाल भ्रमण गर्ने घोषणा गर्नु भएको छ ।

शनिवार रकडेलमा मल्टिकल्चरल कम्युनिटिज काउन्सिल अफ न्यु साउथ वेल्स (एमसिसि) ले गरेको कार्यक्रममा लेवर उमेद्वार लिण्डाले नेपालको भौगोलिक सुन्दरता र पर्यटनका संभावनाका बारेमा खुलेर प्रसंसा गर्नुभयो । विभिन्न देशका प्रतिनिधीहरु सहभागि कार्यक्रममा नेपाली युवा मोहन भट्टले नेपाल र अष्ट्रेलियाको कुटनीतिक सम्बन्ध पुरानो भएपनि दुइ देशबिच उच्चस्तरिय राजनैतिक भ्रमण हुन नसकेको गुनासो गर्नुभएको थियो ।

मल्टिकल्चरल कम्युनिटी काउन्सिलकाे कार्यक्रममा सहभागी लेवर नेतृ लिण्डा

त्यहि गुनासोलाई सम्बोधन गर्दै लिण्डाले केही वर्षदेखि आफु नेपाल भ्रमणमा जाने तयारी गरिहेको बताउनुभएको हो ।

चुनावी सरगर्मी बढेसंगै नेपाली लगायत बार्टन क्षेत्रका बहुसांस्कृतिक समुदायले लिण्डा बर्नीसंग अन्तरक्रिया गरि आ आफ्नो समस्या राखेका हुन् । अन्तरक्रियामा लिण्डाले आफु आदिवासी भएर आफ्नो भाषा बोल्न नसक्दा दुख लाग्ने गरेको बताउनुभयो ।

त्यसैले आफ्नो चुनावी क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायको भाषा संस्कृति संरक्षणका लागि महत्वपूर्ण रहेको सामुदायिक भवन निर्माणमा सहयोग गर्न आफु र आफ्नो पार्टी तयार रहेको समेत दावी गर्नुभयो ।

त्यस्तै आफुले जिते अभिभावक भिषा प्रकृया सहज बनाउने तथा केही समयदेखि रोकिएको नागरिकता आवेदन प्रकृया पुन सुचारु गर्ने सम्मको प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा नेपाली, भारतिय, चिनिया, मोरिसस लगायत पृष्ठभूमीका स्थानिय नागरिकहरुको सहभागिता थियो ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6